मेलबर्न तेस्रोपटक च्याम्पियन बन्नबाट चुक्यो ! उपाधि सिड्नी सिक्सर्सलाई

मेलबर्न तेस्रोपटक च्याम्पियन बन्नबाट चुक्यो ! उपाधि सिड्नी सिक्सर्सलाई

एजेन्सी । अष्ट्रेलियाको उच्च लिग बिग ब्यासको यस संस्करणको उपाधि सिड्नी सिक्सर्सले उचालेको छ ।

शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सलाई १९ रनले पराजित गर्दै सिड्नी सिक्सर्स प्रतियोगिताको च्याम्पियन बनेको हो ।

वर्षाको प्रभावित गरेको खेलमा खेललाई १२ ओभरमा घटाईएको थियो । जसमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित १२ ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो ।

सिड्निका लागि ओपनर ब्याट्सम्यान जोस फिलिपले सर्वाधिक धेरै रन बनाएका थिए । २९ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्कासहित ५२ रन बनाएका थिए ।

यस्तै टिमका लागि जोर्डन सिल्कले अविजित रहदै २७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ मेलबर्नका एडम जाम्पा र कप्तान ग्लेन म्याक्सवेलले समान २/२ विकेट लिए । भने डेनियलले पनि १ विकेट लिएका थिए ।

त्यसपछि सिड्नीले प्रस्तुत गरेको १ सय १७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मेलबर्न निर्धारित १२ ओभर पुरै खेलेपनी ६ विकेट गुमाएर ९७ रनमा सिमित हुन पुगेको थियो ।

मेलबर्नका लाई निक लार्किनले सर्वाधिक ठूलो योगदान गरेका थिए । अविजित रहेका उनले २६ बलको सामना गर्दै २ चौका र २ छ्क्काको मद्दतमा ३८ रन बनाएका थिए ।

यस्तै नार्थन कल्टर नाईलले १९ रन बनाएका थिए ।

बलिङतर्फ सिड्नीका नाथन लायन र स्टिभले समान २/२ विकेट लिएका थिए । भने जोश हेजलवुडको नाममा पनि १ विकेट रहेको थियो।

अघिल्लो संस्करणको उप – विजेता समेत रहेको मेलबर्नले यसपटक पनि आफ्नो च्याम्पियन बन्ने सपना पूरा गर्न सकेन । र तेस्रोपटक उपाधि उचाल्नबाट मेलबर्न चुकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *