![कुशल मल्ल बने अर्धशतक बनाउने विश्वका कान्छा खेलाडी](https://onlinekhelkhabar.com/wp-content/uploads/kusal-malla-2-scaled-e1581145161960.jpg)
कुशल मल्ल बने अर्धशतक बनाउने विश्वका कान्छा खेलाडी
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालका युवा क्रिकेटर कुशल मल्ल एकदिवसीयमा अर्धशतक बनाउने विश्वका कान्छा खेलाडी बनेका छन ।
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोट प्रकिया अन्तर्गत अहिले नेपालमा जारी विश्वकप लिग -२ अन्तर्गतको अमेरिकाविरुद्वको खेलमा अर्धशतक प्रहार गरेपछि एकदिवसीय क्रिकेटमा कुशलले नयाँ ईतिहास रचेका हुन् ।
उनले यस खेलमा ५० रन बनाउंदै ईतिहास रचे यसअघि यो किर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा रहेको थियो । उनले अर्धशतक १६ वर्षको उमेरमा युएईविरूद्व खेलमा बनाउदै किर्तिमान कायम गरेका थिए । उनले उक्त खेलमा ५५ रन बनाएका थिए ।
र अहिले १५ वर्ष ३४० दिनका कुशलले आफ्नो डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै विश्वका कान्छा खेलाडी बन्न सफल भएका छन । उनले यो खेलमा ५१ बलको सामना गर्दै ४ चौका र ३ छक्कासहित उक्त अर्धशतकीय पारी खेल्न सफल भएका थिए ।