
घरेलु भूमिमा नेपाल पहिलो जितको खोजिमा
काठमाडौं (अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग -२ अन्तर्गत ओमान , अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा अमेरिकाको सामना गर्दैछ ।
किर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजेपछी सुरु हुने खेलमा घरेलु टोली नेपाल सिरिजमा पहिलो जितको खोजिमा रहने छ ।
यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित हुन पुगेको थियो । भने अमेरिका पनि ओमानसँग ६ विकेटले पराजित हुन पुगेको थियो ।
यसअर्थमा आजको खेल दुबै टिमका लागि उत्तिकै महत्वपूर्ण रहेको छ । हाल लिगमा ९ खेल खेलेको अमेरिका १२ अंकसहित पहिलो स्थानमा यथावत भएपनी ओमानले उसलाई पछ्याईरहेको छ । ८ खेल खेलेको ओमान समान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यता नेपालले भने बल्ल एक खेल खेलेको छ त्यो पनि पराजय भोगेको हुँदा नेपाल आज सुखद नतिजा निकाल्ने रणनीतिमा हुनेछ ।
अमेरिका नेपालका लागि पुरानो प्रतिद्वन्द्वी समेत हो । यी दुई टिमबीच पछिल्लो पटक नेपालमा सन् २०१० भेट भएको थियो । डिभिजन ५ को दौरान भएको भेटमा नेपाल लिग चरणमा अमेरिकासँग १९ रनले पराजित हुन पुगेको थियो ।
डिभिजन -५ को फाइनलमा भने नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
र त्यसबेलाको परिचित टोली अमेरिकाको यसबीचमा क्रिकेट क्रमश : ओरालो लाग्दै गयो भने नेपालले प्रगति गर्दै गयो ।
तर पछिल्लो समय अमेरिका लयमा फर्किएको छ । अघिल्लो बैशाख महिनामा नामिबियामा भएको डिभिजन -२ मा उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाले एकदिवसीय मान्यता समेत प्राप्त गरेको गर्यो ।
र यहि अमेरिका १० वर्षपछि नेपालको घरेलु मैदानमा नेपाललाई ट्क्कर दिन तयार रहेको छ ।