भारतलाई दबाब , न्युजिल्यान्डलाई  अवसर

भारतलाई दबाब , न्युजिल्यान्डलाई अवसर

एजेन्सी । भारत र न्युजिल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल आज हुँदैछ ।

ईडेन पार्क अकल्याण्डमा बिहान पौने ८ बजेपछी सुरु हुने खेलमा पाहुना टोली भारत सिरिज बराबरीमा ल्याउने दाउमा रहने छ ।

सिरिजको अघिल्लो खेलमा भारत न्युजिल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।

हैमिल्टनस्थित सिडोन पार्कमा भएको उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर ३ सय ४७ रन बनाएको थियो ।

भारतका लागि श्रेयस अय्यरले शतकीय पारी खेलेका थिए । १०७ बलको सामना गरेका उनले ११ चौका र १ छ्क्कासहित १०३ रन बनाएका थिए ।

यस्तै लोकेश राहुलले ८८ रन तथा कप्तान विराट कोहलीले ५१ रन र मंयाक अग्रवालले ३२ रन बनाउँदा पृथ्वी शाले २० रन बनाएका थिए भने केदार जादव २६ रनमा अविजित रहे ।

त्यसपछि भारतले दिएको ३ सय ४८ रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले उक्त चुनौतीलाई ४८.१ ओभरमा मात्र ६ विकेट गुमाएर भेटाएको थियो ।

न्युजिल्यान्डका लागि रस टेलरले शतकिय पारी खेल्दै टिमलाई जिताएका थिए । खेलको प्लेयर अफ द म्याच समेत घोषित उनले ८४ बलको सामना गरेका उनले १० चौका र ४ छ्क्कासहित १ सय ९ रनको योगदान गरेका थिए ।

यसरी भारतलाई आज सिरिजलाई जिवितै राख्न जित्नै पर्ने दबाब रहेको छ । भने घरेलु टोली न्युजिल्यान्ड एकदिवसीय सिरिज भने आफ्नो पक्षमा पार्न चाहन्छ । त्यसका लागि राम्रो अवसर पनि न्युजिल्यान्डलाई रहेको हुँदा आज सोही रणनीतिका साथ मैदानमा उत्रिने छ ।

यस एकदिवसीय सिरिज अघि यी दुईबीच पाँच खेलको टि – ट्वान्टी सिरिज भएको थियो । जसमा घरेलु टोली न्युजिल्यान्डले सबै खेल गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *