onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बिग ब्यासको फाइनल आज : सन्दीपको टिम मेलबर्न र सिड्नी सिक्सर्स भिड्दै

एजेन्सी । अष्ट्रेलियाको उच्च लिग बिग ब्यासको यस संस्करणको उपाधिका लागि आज नेपालका स्टार युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले सिड्नी सिक्सर्ससँग प्रतिष्पर्दा गर्दैछ ।

अघिल्लो संस्करणको उप – विजेता समेत रहेको मेलबर्नले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । र लगातार दोस्रोपटक फाइनल पुगेको मेलबर्नलाई यसपटक आफ्नो त्यो अधुरो सपनालाई पूरा गर्न अवसर समेत रहेको छ ।

गत संस्करणमा च्याम्पियन नजिक पुगेर पनि नतिजा मेलबर्न स्टार्सले मेलबोर्न रेनेगेड्सलाई सुम्पिएको थियो । जुन खेलमा स्टार्स १३ रनले पराजित हुन पुगेको थियो ।

तर फेरी मेलबर्नलाई च्याम्पियन बन्ने अवसर प्राप्त भएको छ । यसपटकको लिगमा सुरुवात निकै राम्रो गरेको भएपनी अन्त्य- अन्त्य तिर भने मेलबर्नले त्यति सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन ।

लिगको पहिलो स्थानमा रहदै लिगको क्वालिफायरमा प्रवेश गरेको मेलबर्न क्वालिफायरमा लिगको दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्ससँग पराजित हुन पुग्यो ।

जितसँगै सिड्नी सिक्सर्स फाइनलमा पुग्दा मेलबर्नले अर्को खेलको सामना गर्नुपर्यो । जुन मौकामा मेलबर्न चुकेन र सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै मेलबर्न तेस्रोपटक फाइनलमा पुग्न सफल भयो ।

यसरी लिगमा उतारचढाव ब्यहोरेको मेलबर्न आफ्नो सुरुवाती लय जसरी त्यही सोचसहित आजको फाइनल खेलमा मैदानमा उत्रिने छ र लिगमा नयाँ ईतिहास रच्ने दाउमा रहने छ ।

खेल नेपाली समय अनुसार दिउँसो २ बजेपछी सिड्नी क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्