onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

१० वर्ष अघिको अमेरिकासँगको त्यो खेल फर्केर हेर्दा

काठमाडौं (अनलाइन खेलखबर ) । एक समय थियो अमेरिका नेपालका लागि निकै परिचित टिम रहेको थियो ।

फाइल फोटो

सन् २०१० मा डिभिजन पाँचबाट यात्रा दुबैको सुरु भएको थियो । खेल नेपालमा भएको थियो । माहोल आजको जस्तो थिईन ।

नेपालमा क्रिकेट त्यति लोकप्रिय त थिइन् तर अन्तराष्ट्रिय खेलहरुमा नेपाली टिमले राम्रो साथ पाउन थालेको थियो । अझ अमेरिकाको खेलमा व्यापक दर्शकको उपस्थिती त्यस बेला भएको थियो ।

हाल त्रिवि मैदानमा जस्तो माहोल हुँदै आउँने गर्छ त्यस बेलापनि उस्तै क्रेज थियो । बाताबरण उत्साहीत थियो ।

खेलाडीहरु पनि दंग थिए । अमेरिकाका खेलाडीहरु पनि निकै जोशमा रहेका थिए । डिभिजन पाँचको दौरान अमेरिका र नेपालको २ पटक आमने सामने भएको थियो ।

डिभिजन पाँचमा घरेलु टोली नेपालसहित अमेरिका , सिगांपुर , जर्सी, बहराइन र फिजिको सहभागि रहेको थियो ।

लिगमा नेपालले सुरुवाती खेलमा जर्सीलाई ६ विकेटले , सिंगापुरलाई १६ रनले ,बहराईनलाई ८ विकेटले र फिजिलाई १ सय ९३ रनले पराजित गरेको नेपाल फाइनल पुग्नका लागि अमेरिकासँग लिगको अन्तिम खेल खेल्दै थियो ।

यो खेल यस कारणले पनि याद छ कि , जुन कसैको कल्पना बाहिरको कुरा अर्थात अप्रिय घटना घटेको थियो ।

यो खेल नेपाललाई निकै महत्वपूर्ण समेत रहेको थियो । नेपाल स्पष्ट जितको खोजिमा रहेको थियो । जसरि पनि नेपालले अमेरिकालाई हराउँने रणनीतिका साथ मैदान उत्रिएको थियो ।

यदि नेपाल यो खेलमा पराजित भएको खण्डमा अमेरिका र सिंगापुरको समेत फाइनल पुग्ने सम्भावना खुल्ने अवस्था थियो ।

भयो पनि त्यति अमेरिकासँग नेपाल पराजित पनि भयो । अमेरिका , नेपाल र सिंगापुरको समान ८/८ अंक भयो फाइनल पुग्न नेट रनरेटले भूमिका निर्वाह गर्यो । जसमा सिगांपुर पछि पर्यो ।

त्यो अमेरिकासँगको खेलमा नेपाल त हार्यो तर नेपाल हार नजिक पुगेपछी खेल हेर्न पुगेका दर्शकहरुले निकै अप्रिय घटना घटाए ।

सोच्दै नसोचेको घटना हुन पुग्यो । नेपाल पराजयलाई नजिक पुग्दा दर्शकहरुले त्यो ग्रहण गर्न सकेनन र आक्रोशित एक हुकले मैदानमा बोत्तल ढुङगा लगायतका सामाग्री फाल्न भाईहाले ।

केही समय मैदान तनावग्रस्तनै भयो । अब के गर्न आईसीसी अल्लमल्ल खेल ४ ओभर घटाईयो जसमा नेपाल १९ रनले पराजित भएको थियो ।

तर नेट रनरेटले साथ दिएपछी नेपालले फाइनलमा फेरी अमेरिकासँग खेल्यो। त्यसबेला अघिल्लो खेलको जस्तो माहोल थिएन ।

सुरक्षा ब्यबस्था निकै कडा बनाईएको थियो । अघिल्लो घटनाले नेपाललाई ठूलै पाठ पढाएको थियो । त्यसअर्थमा नेपाल पूर्ण सचेत थियो । र यो खेल भने सान्तमय समापन पनि भयो ।

खेल नेपालले पनि जित्यो र च्याम्पियन भयो ।खेलमा अमेरिकाले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

र नेपालले त्यस लक्ष्यलाई ४६.५ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

र त्यसबेलाको परिचित टोली अमेरिकाले यसबीचमा क्रिकेटमा क्रमश : ओरालो लाग्दै गयो भने नेपालले प्रगति गर्दै गयो ।

तर पछिल्लो समय अमेरिका लयमा फर्किएको छ । अघिल्लो बैशाख महिना नामिबियामा भएको डिभिजन -२ मा उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाले एकदिवसीय मान्यता समेत प्राप्त गरेको छ ।

र यहि अमेरिका १० वर्षपछि नेपालको घरेलु भूमिमा शनिबार नेपालको सामना गर्न तयार छ ।

प्रतिक्रिया दिनुहोस्