onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शरदले सिरिजका बाँकी खेल गुमाउने : सुवासलाई टिममा समाबेश

काठमाडौं (अनलाइन खेलखवर ) । नेपाली राष्ट्रिय टिमका अनुभवी तथा भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले घरेलुु भूमिमा जारी नेपाल ,ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका अबका बाँकी ३ खेल गुमाउने भएका छन् ।

सिरिजको पहिलो खेलमा ओमानसँग निकै राम्रो ब्याटिङ गर्ने क्रममा ५५ रनको योगदान समेत दिएका उनि मांसपेशीको दुखाईका कारण बाँकी खेल गुमाउने भएका हुन् ।

उक्त खेलको क्रममा दुखाईका महशुस गरेका उनलाई चिकित्सकको टिमले पनि आराम गर्न सल्लाह दिएपछी अन्ततः उनि मैदान बाहिर हुने भएका हुन् ।

निकै राम्रो लयमा रहेका शरदले बाकी खेल गुमाउने भएपछी टिमका लागि ठूलो धक्कानै पुगेको छ ।

अब उनको स्थानमा वैकल्पिक खेलाडीका रुपमा रहेका ओपनर ब्याट्सम्यान सुवास खकुरेललाई टिममा बोलाईएको छ ।

नेपाल सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । अब सिरिजको दोस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्