सन्दीपको टिम मेलबर्न लगातार दोस्रोपटक फाइनलमा

सन्दीपको टिम मेलबर्न लगातार दोस्रोपटक फाइनलमा

एजेन्सी । अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्स फाइनल प्रवेश गरेको छ ।

बिहिबार भएको लिगको च्यालेन्जर्स खेलमा सिड्नी थन्डरलाई २८ रनले पराजित गरेपछी मेलबर्न लगातार दोस्रोपटक फाइनलमा पुगेको थियो ।

अघिल्लो संस्करणको उप -विजेता समेत रहेको मेलबर्नले यस खेलमा प्रस्तुत गरेको १ सय ९५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सिड्नी निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ६६ रनमा सिमित भएपछी मेलबर्नलाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

सिड्नीका लागि एलेक्स रोसले सर्वाधिक ठूलो योगदान गरेका थिए । ३८ बलको सामना गरेका उनले ३ चौका र समान ३ छ्क्कासहित ५८ रनको योगदान गरेका थिए ।

यस्तै टिमका लागि अर्जुन नाईरले ३० रन , उस्मान ख्वाजाले २३ रन र क्रिस मोरिसले २१ रन बनाएपनि बाकी खेलाडीबाट उल्लेख योगदान हुन नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ मेलबर्नका हरिस रउफले सर्वाधिक ३ विकेट लिएका थिए भने एडम जाम्पा र नाथन कल्टरले पनि समान २/२ विकेट लिन सफल भएका थिए ।

त्यसअघि मेलबर्नको घरेलु मैदान मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभर पुरै खेल्दै मात्र २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

मेलबर्नका लागि निक लार्किन र मार्कस स्टोनिसले समान ८३ /८३ रन नै बनाएका थिए भने निक मैडिन्सनले ११ रन र कप्तान ग्लेन म्याक्सवेल ४ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ सिड्नीका क्रिस मोरिसले २ विकेट लिएका थिए ।

अब मेलबर्नले फाइनलमा शनिबार सिड्नी सिक्सर्ससँग प्रतिष्पर्दा गर्नेछ । अघिल्लो संस्करणको फाइनल खेलमा मेलबर्न स्टार्स मेलबोर्न रेनेगेड्ससँग १३ रनले पराजित हुँदै उप – विजेतामा चित्त बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *