अमेरिकाद्वारा ओमानसामू ठूलो लक्ष्य प्रस्तुत
काठमाडौं (अनलाइन खेलखबर ) | इयान होल्याण्डको अर्धशतकीय पारीमा अमेरिकाले ओमानसामू २ सय १४ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।
किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर २ सय १३ रन बनाएको छ ।
उसका लागि इयान होल्याण्डले सर्वाधिक ठूलो पारी खेलेका थिए । ७८ बलको सामना गरेका उनले ७ चौकासहित ६५ रनको योगदान गरे ।
८.२ ओभरमा टिमको स्कोर २० रन हुँदा पहिलो विकेटका रुपमा मार्शललाई व्यक्तिगत १३ रनमा गुमाएको अमेरिकाले थप ९ रन थप्दा अर्को विकेट गुमाएको थियो ।
९.४ ओभरमा टिमका स्टीव टेलर पनि ४ रन बनाएर दोस्रो विकेटको पभेलियन फर्किएका थिए ।
त्यसपछी टिमका लागि अक्षय होमराजले ४४ रनको योगदान गरे भने तिमिल पटेलले १६ रनको योगदान गर्दा बाकी खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिम यो योगफलमा रोकिएको हो ।
बलिङतर्फ मोहम्मद नदीमले ३ तथा अकिव ईलियास , बिलाल खान र जिशान मक्सुदले समान २/२ विकेट लिए भने कलिमुल्लाको नाममा पनि १ विकेट रहयो ।