भारतिय टोली फेरी आईसीसीको कारवाहीमा

भारतिय टोली फेरी आईसीसीको कारवाहीमा

एजेन्सी । क्रिकेटको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले भारतीय क्रिकेट टिमलाई कारवाही गरेको छ ।

बुधबार घरेलु टोली न्युजिल्यान्डसँगको ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलका दौरान ‘स्लो ओभर रेट’ का कारण आईसीसीले भारतीय टोलीलाई कारवाही गरेको हो ।

यसअघि न्युजिल्यान्डसँगको टि – ट्वान्टी सिरिजकै दौरान भारतिय टोली दुईपटक आईसीसीको कारवाहीमा परिसकेको छ ।

बुधबार आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै भारतले निर्धारित समय भन्दा चार ओभर खेल ढिला गरेपछि भारतिय टोलीलाई म्याच शुक्कको ८० प्रतिशत जरिवाना गरिएको बताएको छ ।

यता यो खेलमा भारत न्युजिल्यान्डसँग ४ विकेटले पराजित भएको थियो।

खेलमा भारतले दिएको ३ सय ४८ रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले उक्त चुनौतीलाई ४८.१ ओभरमा मात्र ६ विकेट गुमाएर भेटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *