सुशन चम्किँदा नेपालले पायो सम्मानजनक विजयी चुनौती
काठमाडौं (अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग -२ अन्तर्गत अहिले जारी खेलमा ओमानले घरेलु टोली नेपालसामू सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको छ ।
पहिलो ओभरको अन्तिम बलमा टिमका भरपर्दा ओपनर ब्याट्सम्यान जतिन्द्र सिंह करण केसीको बलमा आउट हुन पुगेका थिए । उनले मात्र ४ रन बनाएर पभेलियन फर्किएपछी ओमानको विकेट पतन सुरु भएको थियो ।
त्यसपछी ओमानले ६.४ ओभरमा टिमको स्कोर १९ रन हुँदा अर्को विकेट गुमायो । टिमले दोस्रो विकेटका रुपमा अर्का ओपनर खवार अलिलाई गुमाएको थियो । करण केसीकै बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगेका उनले मात्र ५ रन बनाए ।
खवार आउट भएपछी अकिव ईलियासले १६ रनमा बनाएर आउट हुन पुगे । रन आउट हुन पुगेका उनले १६ रन टिमका लागि जोडे ।
यस्तै चौथो विकेटका लागि पभेलियन फर्किएका टिमका कप्तानले पनि त्यति उलेख्य योगदान गर्न असफल भए ।
सुशन भारीको बलमा एलबिडब्लुको सिकार भएका उनले ४० बलको सामना गर्दै ४ चौका सहित २० रन बनाएका थिए । र लगतै ओमानले सुरज कुमारलाई सून्य रनमा गुमाएपछी टिम दबाबमा आएको थियो ।
तर मोहम्मद नदीम र सन्दीप गौडले टिमको पारीलाई उकास्ने क्रममा छठौ विकेटका लागि ६० रनको साझेदारी गरेपछि ओमानले राहतको सास फेरेको थियो ।
३८.४ ओभरमा टिमको स्कोर १ सय १७ रन हुँदा सन्दीप शुसन भारीको बलमा आउट हुन पुगे । ७२ बलको सामना गरेका उनले ३ चौका र १ छक्कासहित ३३ रनको योगदान गरे ।
यस्तै नदीमले भने निकै राम्रो ब्याटिङ प्रस्तुत गर्ने क्रममा अर्धशतकीय पारी खेल्न सफल भए । अविजित रहेका उनले ९६ बलको सामना गर्दै ५ चौका र २ छक्कासहित ६९ रन बनाए ।
र अन्तिममा नसिम खुशीले पनि २८ रनको योगदान गर्दा टिमले सम्मानजक लक्ष्यतर्फ पुगेको हो ।
बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट हात पारे । आफ्नो स्पेलको ९ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ४७ रन खर्चिएर उक्त विकेट हात पारे ।
यस्तै सुशन भारीले १० ओभरमा मात्र १४ रन खर्चिएर ३ हात पारे भने दिपेन्द्र सिह एरिले पनि १ विकेट लिन सफल भएका थिए ।