भारत र न्युजिल्यान्डबीचको पहिलो एकदिवसीय खेल आज : ठूलो दबाब घरेलु टोलीलाई

भारत र न्युजिल्यान्डबीचको पहिलो एकदिवसीय खेल आज : ठूलो दबाब घरेलु टोलीलाई

एजेन्सी – पाँच खेलको टि – ट्वान्टी सिरिजमा सबै खेलमा जित हासिल गर्दै सिरिजमाथि क्लिनस्विप गरेको भारतले आज न्युजिल्यान्डसँग पहिलो एकदिवसीय खेल खेल्दैछ ।

टि – ट्वान्टीमा सानदार प्रदर्शनपछि भारतले ३ खेलको एकदिवसीय सिरिजका लागि घरेलु टोली न्युजिल्यान्डलाई टक्कर दिन तयार रहेको छ ।

न्युजिल्यान्डको हैमिल्टनस्थित सिडोन पार्कमा नेपाली समय अनुसार बिहान पौने ८ बजेपछि हुने खेलमा भारत सुखद सुरुवात गर्ने दाउमा रहने छ ।

टि – ट्वान्टीको लयलाई आफ्नो जितको शिलसिलालाई यस एकदिवसीयमा खेलमा पनि भारत निरन्तरता दिन चाहन्छ ।

यता टि – ट्वान्टीको नमिठो हारलाई मलम लगाउन एकदिवसीयमा घरेलु टोलीले न्युजिल्यान्डलाई दबाब रहेको छ । टि – ट्वान्टीको गल्तीलाई सुधार गर्दै न्युजिल्यान्ड यस सिरिजमा राम्रो गर्ने रणनीतिका साथ मैदान उत्रिने छ ।

यता न्युजिल्यान्ड र भारतको एकदिवसीयमा अहिलेसम्म १ सय ७ पटक भेट भएको छ । जसमा भारतले ५५ पटक जितेको छ भने ४६ पटक पराजित हुन पुगेको छ ।

तर पछिल्लो ६ बर्षपछि भारतले न्युजिल्यान्डसँग सिरिज गुमाउनु परेको छैन । सिरिज सदैभ भारतले जित्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *