onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

घरेलु भूमिमा नेपालले आज पहिलो एकदिवसीय खेल खेल्दै : नेपाललाई ईतिहास बनाउँने मौका

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलोपटक आज घरेलु भूमिमा एकदिवसीय खेल खेल्दैछ ।

फोटो सौजन्य : एंड्रयू लियोनार्ड

सन् १९९६ मा एसोसिट राष्ट्रको मान्यता प्राप्त नेपाल एकदिवसीय मान्यतासम्म पुग्न सन् २०१८ सम्मको लामो यात्रा तय गर्नु पर्यो ।

अहिले अस्थायी भएता पनि एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपालले घरेलु भूमिमा आज ओमानसँग प्रतिष्पर्दा गर्दैछ ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छ्नोट प्रक्रियाको विश्वकप लिग -२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको सुरुवात आजबाट गर्दैछ ।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले एकदिवसीय ६ वटा खेल खेलेको छ । जुन विदेशी भूमिमा तर सन् २०१८ मार्चमा एकदिवसिय मान्यता पाएको नेपालले ओमानसँग पहिलो एकदिवसीय खेल घरेलु भूमिमा खेल्न लागेको छ ।

र नेपालले यसलाई खास बनाउन चाहन्छ । हजारौ समर्थकसामु नेपालले सुखद नतिजाको खोजिमा रहने छ ।

पछिल्लो समय क्रिकेटमा निकै राम्रो गर्दै आएको ओमान नेपालका लागि त्यति सजिलो पक्कै हुनेछैन ।

ओमान र नेपालको एकदिवसीय खेलमा धेरै भेट भएको भने छैन । मात्र ७ खेलमात्र भएको छ । जसमा नेपालले ३ खेलमा जित निकाल्दा ३ मा पराजित हुन पुगेको छ ।

सुरुवाती ३ खेल जितेको नेपालले त्यसपछि ओमानलाई हराउँन सकेको छैन । पछिल्लो भेट सन् २०१८ मा भएको थियो । जुन नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ को दौरान भएको थियो ।

जसमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो । त्यसबेला टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो ।

यो खेलमा नेपालका लागि शरद भेषावकरले २२ रन ,दिलिप नाथले १९ , पारस खड्काले १७ तथा दीपेन्द्र सिंह एरिले २० र सोमपाल कामीले १७ रन बनाउनु बाहेक अन्यले सम्झना लायक प्रदर्शन गरेका थिएनन् ।

त्यसपछि झिनो लक्ष्य पछ्याएको ओमानले उक्त चुनौतीलाई ३५.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालले पहिले ब्याटिङ गर्दै ४६ ओभरमा अल आउट हुँदै १ सय ३८ रन बनाएको थियो । खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

यसरी आंकडामा पनि ओमान नेपालमाथि हाबी रहेको छ । पछिल्लो ओमानको प्रदर्शन पनि आफैमा लोभलाग्दो समेत रहेको छ । विषेशगरि टि – ट्वान्टीमा ओमानले निकै राम्रो प्रगति गरिरहेको छ तर एकदिवसीयमा अझै ओमानको असली प्ररिक्षा भने भएको छैन ।

तर यो भनि रहदा यहि लिग -२ अन्तर्गत ओमानले बलिया मानिएको स्कटल्याण्डलाई पराजित गरिसकेको छ भने पपुवा न्युगिनी र युएईलाई पनि ओमानले पराजित गर्दै अहिले यस लिगको ओमान ८ खेलबाट ४ खेलमा जित निकाल्दै ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

यो नेपालका लागि लिगमा पहिलो खेल नै हो । लिगमा बाकी ६ टिमले समान ८/८ खेल खेलिसकेका छन् भने नेपालले बल्ल सुरुवात गर्दैछ । र नेपाललाई ओमानलाई हराउँदै ईतिहास रच्ने अवसर समेत रहेको छ सह्ज पक्कै छैन तर नेपालले गर्न सक्ने क्षमता राख्छ ।

जहाँ नेपालले २ बर्ष भित्र ३६ खेल खेल्नेछ । यसरी अन्तिममा लिगका उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्न छानिने छन् ।

प्रतिक्रिया दिनुहोस्