भारतिय टोलीलाई ठूलो धक्का : रोहितले न्युजिल्याण्डसँगको बाकी खेल गुमाउँने
एजेन्सी । भारतिय क्रिकेट टिमका उप- कप्तान तथा भरपर्दा ओपनर ब्याट्सम्यान रोहित शर्माले न्युजिल्यान्डसँगको बाकी खेल गुमाउँने भएका छ्न ।
बुधबार देखि सुरु हुन गईरहेको ३ खेलको एकदिवसीय र २ टेस्ट खेलबाट रोहित टिमबाट बाहिर रहेका छन् ।
उनी न्युजिल्यान्डसँगको पाँच खेलको टि – ट्वान्टी सिरिजको अन्तिम खेलमा रोहित चोटिल हुन पुगेका थिए । जसलेगर्दा उनले भारतको बाकी महत्वपूर्ण खेल गुमाउँने भएका हुन ।
उनको त्यो सिरिजको अन्तिम खेलमा मांसपेशि तन्किएको थियो । त्यसपछि ६० रन बनाएको अवस्थामा उनी रिटायर्ट हर्ट हुनपुगेका थिए ।
रोहितले बाकी खेल गुमाउँने भएपछी मयंक अग्रवाललाई एकदिवसीयमा र टेस्टमा शुभमन गिललाई टिममा मौका दिएको छ ।
एकदिवसीय टीम : विराट कोहली(कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, लोकेश राहुल, श्रेयस अय्यर, मनीष पाण्डे , ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी , नवदीप सैनी, शार्दुल ठाकुर र केदार जाधव
टेस्ट टीम: विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान),मयंक अग्रवाल, पृथ्वी शा , शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋद्धिमान साहा (विकेटकीपर), ऋषभ पन्त (विकेटकीपर), रविचन्दन अश्विन, रविन्द्र जडेजा, जसप्रीत बुमराह, उमेश यादव, मोहम्मद शामी , नवदीप सैनी र ईशान्त शर्मा।