onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आज भारत र पाकिस्तान भिड्दै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी यु-१९ एकदिवसीय विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल आज हुँदैछ ।

जसमा साविकको विजेता समेत रहेको भारतले पाकिस्तानको सामना गर्नेछ । नेपाली समय अनुसार दिउँसो पौने २ बजेपछी सेनवेस पार्क पोटचेफस्ट्रूममा हुने खेल प्रतिष्पर्दात्मक बन्ने अपेक्षा गरिएको छ ।

क्वाटरफाइलमा भारतले बलियो अष्ट्रेलियालाई हराएर सेमिफाइनल पुगेको थियो । भने पाकिस्तानले अफगानिस्तानलाई पराजित गर्दै भारतसँगको भेट पक्का गरेको थियो ।

तुलनात्मक रुपमा यस खेलमा भारत अलिकती हाबी हुने सम्भावना धेरै छ । विषेषगरि भारतिय टिममा ब्याटिङ बलियो पक्ष रहेको छ । विश्वकपमा ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

सुरुवाती राम्रो ब्याटिङ रहेको भएपनी मध्यक्रममा अहिले पनि भारतले सघर्षनै गरिरहन परिरहेको छ । सोचेअनुरुप उनिहरुबाट टिमले साथ पाईरहेको छैन ।

यता भारतको ब्याटिङ बलियो हुँदा पाकिस्तानले ब्याटिङमा निकै संघर्ष गरिरहेको छ ।

अहिलेसम्म भारत र पाकिस्तानले यु-१९ एकदिवसीयतर्फ २३ खेल खेलेका छ्न । जसमा भारतले १४ र ८ खेल पाकिस्तानले जितेको छ । भने एक खेल बराबरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्