हसिम अन्सारीको टिम वीरगन्ज स्टार्सले उचाल्यो वीपीएलको उपाधि

हसिम अन्सारीको टिम वीरगन्ज स्टार्सले उचाल्यो वीपीएलको उपाधि

काठमाडौं ( अनलाइन खेलखबर ) | राष्ट्रिय खेलाडी हसिम अन्सारी मार्की खेलाडी रहेको वीरगन्ज स्टार्सले पर्सा जिल्लास्थित वीरगन्जमा पहिलो पटक भएको वीरगन्ज प्रिमियर लिग ( वीपीएल )को उपाधि उचालेको छ ।

सोमबार भएको प्रतियोगिताको फाइनल खेलमा मेहबुब आलम मार्की खेलाडी रहेको सिंह ११ लायन्सलाई ४ विकेटले पराजित गर्दै वीरगन्ज स्टार्स प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा लायन्सले प्रस्तुत गरेको १ सय ४१ रनको विजयी चुनौतीलाई पछ्याएको वीरगन्ज स्टार्सले उक्त चुनौतीलाई १८.५ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा गरेको थियो ।

स्टार्सका लागि विवेक कुमार यादवले सर्वाधिक ठूलो योगदान गरेका थिए । खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएका उनले टिमलाई च्याम्पियन बनाउँनका लागि अविजित रहदै ७१ रनको योगदान गरेका थिए ।

मात्र ३७ बलको सामना गरेका उनले ५ चौका र ६ छ्क्कासहित उक्त रन बनाए।

यस्तै टिमका लागि मन्जय कुमार महतोले १७ रन , अलियास मन्सुरी १५ रन र कप्तान हसिम अन्सारीले ११ रनको योगदान गरेका थिए ।

त्यसअघि नारायणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंह ११ लायन्सले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

लायन्सका लागि हिमान्सु दत्तले सर्वाधिक ५४ रन बनाएका थिए । अविजित रहेका उनले ३५ बलको सामना गर्दै ५ चौका र ३ छ्क्कासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि अभिनास अधिकारीले ४५ रन थपेका थिए ।

स्थानिय युनाइटेड क्रिकेट क्लबको आयोजनामा भएको यस प्रतियोगिताको विजेता वीरगन्ज स्टार्सले २ लाख ५० हजार प्राप्त गर्यो भने उप – विजेता सिंह ११ लायन्सले १ लाख ८० हजार प्राप्त गर्यो ।

यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी वीरगन्ज स्टार्सका विवेक कुमार यादव घोषित भए । उनले २० हजार प्राप्त गरे ।

भने प्रतियोगिताको उत्कृष्ट बलर डिसिसी वीरगन्जका सैफुल्ला अन्सारी र उत्कृष्ट ब्याट्सम्यान रौतहट राईनोजका गौरभ खड्का घोषित भए । उनी दुईले जनहि १०/१० हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *