ओमानी क्रिकेट टोली नेपाल आईपुग्यो

ओमानी क्रिकेट टोली नेपाल आईपुग्यो

काठमाडौं (अनलाइन खेलखबर ) । सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया मध्यको एक विश्वकप लिग -२ अन्तर्गत यहि बुधबारबाट नेपालमा हुन गईरहेको नेपाल , ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि ओमानी टोली नेपाल आईपुगेको छ ।

फाईल फोटो

टोली दिउँसो सवा ३ बजेतिर नेपाल आईपुगेको थियो । त्यसअघि आईतबार राती अमेरिकन टोली पनि नेपाल आईपुगेको छ ।

ओमानले सिरिज अन्तर्गत पहिलो खेल बुधबार घरेलु टोली नेपालसँग खेल्नेछ । दोस्रो खेल बिहिबार अमेरिकासँग खेल्नेछ ।

भने तेस्रो खेलमा आईतबार नेपालसँग खेल्नेछ भने सिरिजको अन्तिम खेल अमेरिकासँग मंगलबार खेल्नेछ ।

ओमानी टोली – जिसान मक्सुद ( कप्तान ) अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बादल सिंह, अहमेद फैज बुट, कलिमुल्ला र बिलाल खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *