शिवम दुबेको नाममा खराब रेकर्ड
एजेन्सी – भारतीय अलराउण्डर शिवम दुबे एक ओभरमा सबैभन्दा धेरै रन खर्चिने भारतिय खेलाडी बनेका छन् ।
आईतबार न्युजिल्यान्ड र भारतबीचको पाँच खेलको टि – ट्वान्टी सिरिजको अन्तिम खेलमा दुबेले एकै ओभरमा ३४ रन खर्चिएका थिए ।
जुन रन खराब रेकर्ड बन्न प्रयाप्त बन्यो । यसअघि स्टुअर्ट बिन्नीको नाममा यो रेकर्ड रहेको थियो । बिन्नीले सन् २०१६ मा वेस्ट ईन्डिजविरुद्द ३२ रन खर्चिएका थिए ।
यस्तै विश्वमा सबैभन्दा धेरै रन खर्चिने खेलाडीमा ईङल्याण्डका स्टुअर्ट ब्रॉड रहेका छ्न । उनले सन् २००७ को विश्वकपको दौरान एक ओभरमा ३६ रन खर्चिएका थिए । जुन युवराज सिंहले ६ बलमा ६ छ्क्का प्रहार गरेका थिए ।
यता सबैभन्दा महँगा खेलाडी बनेका शिवमले न्युजिल्यान्डसँगको सिरिजको अन्तिम खेलको १० औं ओभरमा ३४ रन खर्चिएका थिए ।
आफ्नो ब्यक्तिगत पहिलो ओभरमा उनले उक्त रन खर्चिए । क्रिजमा न्युजिल्यान्डका रोस टेलर र टिम शिफर्ट रहेका थिए । उक्त ओभरमा १ चौका र ४ छ्क्का र नो बलका कारण ५ रन र १ सिग्गल हुन पुगेको थियो जुन रेकर्ड बन्न पुग्यो ।
यता टिमले भने न्युजिल्यान्डलाई ७ रनले पराजित गर्दै सिरिजलाई क्लिनस्विप गरेको थियो ।