नेपाल आईपुग्यो अमेरिकन क्रिकेट टोली
काठमाडौं (अनलाइन खेलखबर ) । सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया मध्यको एक विश्वकप लिग -२ अन्तर्गत यहि बुधबारबाट नेपालमा हुन गईरहेको नेपाल , ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि अमेरिकन टोली नेपाल आईपुगेको छ ।
अन्तिम तयारीका लागि केही दिन अघि भारतको मुम्बईमा रहेको अमेरिकन टोली त्यहा आफ्नो अन्तिम तयारी गरेको थियो । जसमा उसले स्थानिय टिमसँग ३ मैत्रीपूर्ण अभ्यास खेलसमेत खेलेको थियो ।
टोली सोमबार राती करिब १० बजे नेपाल एयरलायन्समार्फत नेपाल आएका थिए । पूर्व निर्धारित ८ बजे आउँने भनिएको भएपनी घण्टाजति ढिला भएको थियो ।
अमेरिकाले सिरिज अन्तर्गत पहिलो खेल ओमानसँग माघ २३ गते खेल्नेछ भने दोस्रो खेलमा माघ २५ मा घरेलु टोली नेपालसँग खेल्नेछ ।
यस्तै तेस्रो खेलमा माघ २८ मा ओमान र अन्तिम खेलमा नेपालसँग माघ २९ मा खेल्नेछ ।
अमेरिकन टिम : नेत्रभाल्करले ( कप्तान ) , स्टेभिन टेलर, करिमा गोरे, इयान हल्यान्ड, अक्षय होमराज, इल्मोर हचिन्सन, आरोन जोन्स, नोस्थुन्स केन्जेगे, जेभियर मार्सल, मोनाक पटेल, नसार्ग पटेल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन र रस्टी थोरोन ।