भारतद्वारा न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी सिरिज ‘क्लिनस्विप’
एजेन्सी । न्युजिल्यान्ड र भारतबीचको पाँच खेलको टि- ट्वान्टी सिरिजमा सबै खेल जित्दै सिरिजलाई भारतले क्लिनस्विप गरेको छ ।
आईतबार सिरिजको अन्तिम खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ७ रनले पराजित गरेपछी भारतलाई सिरिज क्लिनस्विप गर्न प्रयाप्त बन्यो ।
खेलमा भारतले दिएको १ सय ६४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ५६ रनमा सिमित हुन पुगेपछी नतिजा भारतले आफ्नो पक्षमा पार्दै सिरिजमाथि कब्जा गरेको छ ।
मध्यम लक्ष्यलाई पछ्याएको भएपनि न्युजिल्यान्डको सुरुवात भने त्यति सन्तोषजनक भने हुन् पुगेन । टिमले ३.२ ओभर भित्र आफ्नो स्कोर १७ रन हुँदा सुरुवाती ३ ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । जसमा मार्टिन गप्टिलले २ रन , कोलिन मुनरो १५ रन र टोम ब्रूस सून्य रनमा आउट हुन् पुगेका थिए ।
३ विकेट सस्तैमा गुमाएपछी न्युजिल्यान्डका लागि टिम सेफर्ट र रस टेलरले टिमलाई सम्हाल्ने क्रममा चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेपछी टिम जित नजिक पुगेको थियो ।
तर १२.४ ओभरमा टिमको स्कोर १ सय १६ रन हुँदा टिमले टिम सेफर्टलाई चौथो विकेटका रुपमा गुमाएको थियो । ३० बलको सामना गरेका उनले ५ चौका र ३ छ्क्कासहित ५० रन बनाए ।
भने न्युजिल्यान्डको तर्फबाट रोस टेलरले सर्वाधिक ठूलो पारी खेले । करियरकै १०० औं टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका रोसले ५३ रन बनाएर आउट भएपछी न्युजिल्यान्डका बाकी खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम निराश हुन पुग्यो ।
बलिङतर्फ भारतका जसप्रीत बुमराहले ३ तथा नभदिप शैनी र शार्दुल ठाकुरले समान २/२ विकेट लिए भने वासिङटन सुन्दरले पनि १ विकेट हात पारेका थिए ।
त्यसअघि वे ओवल मूँगानुई, तोरंगामा भएको खेलमा पाहुना टोली भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो । जसअनुसार भारतले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
खेलमा ओपनर ब्याट्सम्यान सन्जु सैमसनलाई १.३ ओभरमा टिमको स्कोर ८ रनमा ब्यक्तिगत २ रनमा गुमाएको भारतले त्यसपछि राम्रो सुरुवात पाएको थियो ।
सन्जु स्कट कुग्लेइजनको बलमा मिशेल सन्तनरको हातबाट क्याच आउट हुन पुगेका थिए ।
त्यसपछि भने ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान रोहित शर्मालाई लोकेश राहुलले साथ दिएका थिए ।
यी दुईबीच दोस्रो विकेटका लागि ८८ रनको साझेदारी हुन पुगेका थिए । ११.३ ओभरमा टिमको स्कोर ९६ हुँदा हमीश बेनेटको बलमा सन्तनरको हातबाट क्याच आउट हुनुअघि लोकेशले ३३ बलको सामना गर्दै ४ चौका र २ छ्क्कासहित ४५ रन बनाए ।
लोकेश पछि चोटका कारण कप्तान रोहित शर्माले आफ्नो ब्यक्तिगत ६० रनमा रिटायर्ट हर्ट हुन पुगेका थिए । ४१ बलको सामना गरेका उनले ३ चौका र समान ३ छ्क्कासहित उक्त रन बनाएका थिए ।
रोहित पछि टिमको पारीलाई श्रेयस अय्यर र सिभव दुबेले अगाडी बढाएका थिए । तर सिभवले निराशाजनक प्रदर्शन गर्ने क्रममा सस्तैमा आउट हुन पुगे ।
स्कट कुग्लेइजनको बलमा आउट हुन पुगेका उनले मात्र ५ रन जोडे भने श्रेयस ३३ रनमा अविजित रहे रहँदा मनिष पाण्डे पनि ११ रनमा अविजित रहे ।
यसअघि सिरिजमा न्युजिल्यान्ड सुरुवाती दुई खेलमा सहज तरिकाले पराजित भएको थियो । भने त्यसपछीका दुई खेलमा सुपर ओभरमा न्युजिल्यान्ड निराश हुन पुगेको थियो ।
अब यी दुईबीच ३ खेलको एकदिवसीय सिरिज र २ टेस्ट खेल हुनेछ । पहिलो एकदिवसीय खेल बुधबार हुनेछ ।