क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आज देखि हुने महायज्ञलाई खेलाडीहरुले  संयुक्त  रुपमा उद्घाटन गर्ने

क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आज देखि हुने महायज्ञलाई खेलाडीहरुले संयुक्त रुपमा उद्घाटन गर्ने

काठमाडौं (अनलाइन खेलखबर)- धुर्मुस सुन्तली फाउन्डेसनले चितवन जिल्ला स्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आज देखि महायज्ञ सुरु हुँदैछ ।

जसको उद्घाटनमा कीर्तिमानी धावक वैकुण्ठ मानन्धर देखि युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललगायत ३ दर्जन जति खेलाडी चितवन पुगिसकेका छन् । र महायज्ञलाई खेलाडीहरुले सयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

यस्तै महायज्ञको उद्घाटनमा चर्चित हाँस्य जोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लगायत बरिस्ठ कलाकारहरुको पनि उपस्थिति रहने बताईएको छ ।

२६ गतेसम्म चल्ने महायज्ञबाट ५० करोड भन्दा बढी रकम उठन सक्ने अनुमान गरिएको छ ।

बृहत धनधान्याञ्चल महोत्सवका लागि सफल पार्नका लागि रंगशाला निर्णाणस्थल चितवन जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता भईरहेको छ ।

महायज्ञलाई सफल तरिकाले सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति समेत गठन गरिएको छ ।

महायज्ञका मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहेका छ्न ।

यता जनस्तरबाट बन्न लागेको नेपालको पहिलो रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ ।

जसका लागि मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।
अहिले रंगशाला भित्र नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् ।

५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा अहिले मैत्रीपूर्ण खेल हुँदै आएको छ । रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । 

रंगशालामा अहिले देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन समेत गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ  ।

यता रंगशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि केही सहयोग पुग्ने आशासहित यो महायज्ञ गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *