भारतलाई सिरिज क्लिनस्विप गर्न सुनौलो अवसर
एजेन्सी । घरेलु टोली न्युजिल्यान्डले भारतसँगको पाँच खेलको टि – ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेल आज खेल्दैछ ।
यसअघिका चार खेलमा पराजित हुन पुगेको न्युजिल्यान्ड आज अन्तिम खेलमा सान्त्वना जितको खोजिमा रहने छ ।
सुरुवाती दुई खेल सहज तरिकाले गुमाएको न्युजिल्यान्ड त्यसपछीका दुई खेलमा सुपर ओभरमा निराश हुन पुगेको थियो ।
यसअर्थमा पाँच खेलको टि – ट्वान्टी सिरिजमा घरेलु टोली जितविहिन रहदा न्युजिल्यान्ड आज सिरिजलाई सुखद अन्त्य गर्ने मनसायमा रहने छ ।
यता भारतलाई उसैको भूमिमा सिरिज क्लिनस्विप गर्न सुनौलो अवसर पनि रहेको छ । र भारत त्यही रणनीतिका साथ आज मैदान उत्रिने छ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेपछी बे ओवल मूँगानुई, तोरंगामा सुरु हुनेछ ।