आसाका किरणद्वारा गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग
काठमाडौं (अनलाइन खेलखबर ) ।धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि दाङमा रहेको आसाका किरण नामक संस्थाले आर्थिक सहयोग गरेको छ ।
शनिबार संस्थाले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ३८ हजार ५ सय ६५ रुपैंया हस्तान्तरण गरेको छ ।
यो रकम संस्थाले स्थानिय विभिन्न विद्यालय र ब्यापारीबाट उठाएको थियो ।
र त्यही संकलन गरेको रकमलाई संस्थाले फाउन्डेसनलाई
हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सुर्यकिरण केसीले अनलाइन खेलखबरलाई बताए ।
यता रंगशाला निर्माणकार्य अहिले तिब्रगतिमा चलिरहेको छ । जसलाई सम्पन्न गर्न दुई अर्ब ५० करोड जति खर्च हुने अनुमान गरिएको छ ।