onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पूर्वी क्षेत्रिय टि – ट्वान्टीका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा : शेर मल्ल पहिलोपटक टिममा

काठमाडौं ( अनलाइन खेलखबर ) । आउँदो फागुन १५ देखि २३ गतेसम्म थाईल्याण्डमा हुन गईरहेको पूर्वी क्षेत्रिय टि – ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपालले आफ्नो १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

जसमा कप्तान ज्ञानेन्द्र मल्लकोसहित पारस खड्का, दिपेन्द्र सिंह ऐरी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ , सन्दीप जोरा र भुवन कार्की रहेका छन् ।

यस्तै सुसन भारी, किशोर महतो, लोकेश बम, कमल सिंह ऐरी ,रोहित पौडेल र शेर मल्ल टिममा परेका छन् । शेर मल्ल पहिलो पटक टोलीमा परेका हुन ।

सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने टि – ट्वान्टी एसिया कपको छ्नोट प्रक्रिया अन्तर्गत रहेको यस प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् ।

यस्तै पश्चिम क्षेत्रमा पनि छ्नोट प्रतियोगिता हुनेछ । जसमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् ।

यो क्षेत्रको छ्नोट भने फागुन ९ देखि १६ सम्म ओमानमा हुनेछ ।

यसपछि यी दुई रिजनको छ्नोटमा उत्कृष्ट २/२ टोली मलेसियामा हुने अन्तिम छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र यस अन्तिम छ्नोटको विजेता टोलीले आगामी एसिया टि- ट्वान्टी कपमा स्थान पक्का गर्नेछ ।

छ्नोट हुने टिमले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्ने सुनौलो अवसर प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्