गेलको खबरबाट तरंगित नेपाल

गेलको खबरबाट तरंगित नेपाल

काठमाडौं ( अनलाइन खेलखबर )। वेस्ट ईन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल नेपालमा खेल्न आउँने पक्का भएसँगै यसको तरंग चारैतिर फैलिरहेको छ ।

फाईल फोटो

आखिर नफैलियोस पनि किन ! वर्तमान क्रिकेटमा अझै उत्तिकै क्षमता राख्ने क्रिस गेल विश्व क्रिकेटमा धेरै रुचाईएको खेलाडीको अग्रपंक्तिमा रहदै आएका छन् ।

जति उनको ब्याटिङ बोल्छ त्यतीनै उनको मैदान भित्र र बाहिरी कुराले समर्थकहरुलाई मनोरञ्जन प्रदान गर्छ ।

खेलाडीको रुपमा उनी जति सफल छन् त्यस भन्दा बढी उनी समर्थकका माझ लोकप्रिय छन् ।

क्रिकेटलाई सामान्य तरिकाले पछ्याउँनेले पनि सझिलै गेललाई चिन्न सक्छ । जसरी फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई चिन्ने गर्छ्न त्यसरीनै क्रिकेटतर्फबाट गेल विश्व प्रख्यात छन् ।

र यिनै युनिभर्सल बोसका रुपमा परिचित गेल यसपटकको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा आफ्नो जादुमय ब्याटिङ प्रस्तुत गर्न तयार छन् ।

बिहिबार उनलाई ईपीएलको फेन्चाईज टिम पोखरा राईनोजले आईकोनिक खेलाडीका रुपमा टिममा अनुबन्धित गरेको छ ।

यसअर्थमा अहिलेसम्म ईपीएलमा भनौं या नेपालमै खेल्न यो स्तरको खेलाडी आउन लागेको यो पहिलोपटक हो । गेल अहिले पनि राष्ट्रिय टिमबाट खेल्दै गरेका छन् ।

गेलसँगै यस संस्करणमा श्रीलंकाका पूर्व कप्तान उपुल थरंगा पनि खेल्नेछ्न । उनलाई साविकको विजेता समेत रहेका ललितपुरले अनुबन्धित गर्दा अफगानिस्तानका मोहम्मद शाहजाद चितवनबाट र वेस्ट ईन्डिजका अलराउण्डर ड्वेन स्मिथ भैरहवाबाट खेल्ने पक्का भएको छ ।

तर प्रदर्शन र सफलताका हिसावले हेर्दा यी विदेशी खेलाडी भन्दा गेल धेरै माथि रहेका हुँदा बिहिबार उनी खेल्ने खबर बाहिर आएपछि नेपाल गेलमय बन्दै गएको आवास हुँदैछ

सामाजिक संजाल भरी गेलनै छाहिरहे । जुन अहिले पनि रोकिएको छैन अहिले पनि जारी रहेको छ । सामाजिक संजालसँगै नेपाली संचारमाध्यममा ब्रेकिङ गर्न होडनै लाग्यो ।

अहिले ईपिएल उत्साहित छ । उनका नेपालमा रहेका लाखौं समर्थकहरु पनि नेपालमै उनको खेल हेर्न उत्साहित छन् लालाहित छन् ।

सम्भवत उनले ईपिएलका सुरुवाती खेल मात्र खेल्न सक्नेछन् । यसबीचमा उनले विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) खेल्न उनी यतैबाट भारत प्रस्थान गर्नेछन् ।

तर उनको नेपाल बसाई आईपीएलको खेल तालिकामा निर्भर रहने पोखरा राईनोजले बताएको भएपनि त्यति तर्कसहित भने लाग्दैन ।

यस संस्करणको ईपीएल चैत्र १ देखि १५ गतेसम्म हुँदैछ भने आईपीएल चैत्र १६ गतेबाट हुने तय भएको छ । यस्तोमा पक्कै पनि गेलले फिक्स सम्झौता गरेका हुनपर्छ तर पोखराले यस बिषयलाई खुलाउँन चाहेन ।

यो उनिहरुको आन्तरिक पाटो भयो । तर गेल नेपालमा आएर खेल्दा नेपाली क्रिकेटको प्रचारप्रसार पक्कै हुनेछ । ईपीएल अन्तर्राष्ट्रिय बजारमा पुग्नेछ समग्रमा गेल आउनु सबैका लागि फाईदाजनक रहने छ ।

वेष्ट ईन्डिजका लागि निकै ठूलो योगदान गरेका गेलले वेस्ट ईन्डिजबाट १०३ टेष्ट , ३ सय १ एकदिवसीय र ३८ टि-ट्वान्टी खेल खेलेका छन ।

विश्व क्रिकेटमा लामो समय बिताएका उनले महत्त्वपूर्ण सफलतासँगै कयौं किर्तिमान पनि उनको आफ्नो नाममा लेखाउँन सफल भएका छन् ।

गेलले अहिलेसम्म टि-ट्वान्टी अन्तर्राष्ट्रियमा १६२७ रन बनाएका छन् । जसमा २ शतक र १३ अर्धशतक सामेल रहेको छ भने एकदिवसीयमा २५ शतक र ५४ अर्धशतकसहित १०८४० रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *