विवाह बन्धनमा बाँधिए चर्चित क्रिकेटर सोमपाल कामी

विवाह बन्धनमा बाँधिए चर्चित क्रिकेटर सोमपाल कामी

काठमाडौं ( अनलाइन खेलखवर ) | नेपाली राष्ट्रिय टिमका चर्चित खेलाडी सोमपाल कामी वैवाहिक सम्बन्धमा बाँधिएका छन्।

नेपाली क्रिकेटमा ठूलो योगदान पुर्याएका सोमपालले जिवनसाथीका रुपमा प्रतिभा घिमिरेलाई रोजेका छन् ।

यी दुईबीच लामो समय प्रेम सम्बन्धसमेत रहेको थियो । धनगढी गृहठाउँकी प्रतिभा अहिले एक बैकमा कार्यरत रहेकी छिन् ।

सोमपाल र प्रतिभाको प्रेम सम्बन्ध आफैमा प्रेमिल खालको रहेको छ ।

क्रिकेट खेल्न धनगढी पुगेका सोमपाल प्रतिभाको घरमा भाडामा बस्ने एकजना सुरक्षाकर्मी दाईको विशेष आमन्त्रणमा पहिलो पटक उनको घरमा पुगेका थिए ।

विशेष निमन्त्रणामा खाना खान प्रतिभाको घर पुगेपछी उनिहरुको परिचय त्यहीबाट सुरु भएको थियो ।

यसपछि भने विस्तारै परिचय बढदै गयो । साथी भए र अहिले जिवनसाथीको रुपमा बाँधिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *