onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

धेरै रन बनाउने कप्तानमा धोनी भन्दा विराट अगाडी

एजेन्सी । विराट कोहली टि – ट्वान्टी अन्तर्राष्ट्रियमा भारतबाट कप्तानीको रुपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

यसमा उनले पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई पछि पारेका हुन् । धोनीले आफ्नो कप्तानीमा ७२ खेलबाट १११२ रन बनाएका थिए ।

यता धोनीलाई पछाडी पारेका विराटको अहिले ३६ खेलबाट ११२६ रहेको छ ।

बुधबार न्युजिल्यान्डसँग भएको खेलमा विराटले ३८ रन थपेपछी टि – ट्वान्टीमा धोनि भन्दा अगाडी बढेका हुन् ।

समग्रमा विराटको ८१ खेलबाट ७५ खेल खेल्दै २७८३ रन रहेको छ । जसमा २४ अर्धशतक सामेल रहँदा अविजित ९४ रन सर्वाधिक ठूलो स्कोर रहेको छ ।

भने महेन्द्र सिंह धोनीको ९८ खेलबाट ८५ खेलमा खेल्दै १६१७ रन रहेको छ । जसमा मात्र २ अर्धशतक सामेल रहदा उनको सर्वाधिक ठूलो स्कोर ५६ रन रहेको छ ।

यता टि – ट्वान्टी अन्तर्राष्ट्रिय कप्तानका रुपमा सबैभन्दा धेरै रन दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसको नाममा छ । उनले १२७३ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्