onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सुपर ओभरमा भारत विजयी : सिरिज पनि भारतलाई

एजेन्सी । सुपर ओभरमा गएको खेलमा घरेलु टोली न्युजिल्यान्डलाई पराजित गर्दै पाँच खेलको टि- ट्वान्टी सिरिज भारतले २ खेल अगावै आफ्नो नाममा लेखाउन सफल भएको छ ।

रोमान्चकताले भरिपूर्ण खेलमा सुपर ओभरमा न्युजिल्यान्डले दिएको १८ रनको चुनौतीलाई पछ्याएको भारतले अन्तिम बलमा छ्क्का प्रहार गर्दै जित आत्मसाथ गर्यो ।

सुपर ओभरमा भारतलाई अन्तिम २ बलमा १० रन चाहिएको थियो जसमा रोहितले लगातार दुई छ्क्का प्रहार गर्दै टिमलाई जित दिलाए ।

सुपर ओभरअघि पाहुना टोली भारतले प्रस्तुत गरेको १ सय ८० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड ६ विकेट गुमाएर १ सय ७९ रनमा सिमित भएपछी खेल सुपर ओभरमा गएको थियो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले कप्तानी पारी खेलेका थिए ।४८ बलको सामना गरेका उनले ८ चौका र ६ छ्क्कासहित ९५ रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान मार्टिन गप्टिलले ३१ रन र कोलिन मुनरोले १४ रन बनाएका थिए ।

बलिङतर्फ शार्दुल ठाकुर र मोहम्मद शामिले समान २/२ विकेट लिएका थिए । भने युजवेंद्र चहल र रविन्द्र जडेजाले पनि समान १/१ विकेट लिएका थिए ।

त्यसअघि हैमिल्टनस्थित सेडॉन पार्कमा भएको खेलमा पाहुना टोली भारतले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

निकै राम्रो सुरुवात गरेको भारतका लागि ओपनरद्रय रोहित शर्मा र लोकेश राहुलको जोडीले टिमलाई ठोस सुरुवात दिलाउँने क्रममा ८९ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.६ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका लोकेशले कोलिन डीको बलमा मुनरोको हातबाट क्याच आउट हुनुअघि टिमका लागि १९ बलको सामना गर्दै २ चौका र १ छ्क्कासहित २७ रन बनाएका थिए ।

लोकेश आउट भएपछि रोहित स्वयम आफै दोस्रो विकेटका रुपमा आउट हुन पुगे । हामिश बेनेटको बलमा क्याच आउट हुन पुगेका रोहितले टिमका लागि भने राम्रो योगदान पुर्याउने क्रममा ६५ रन बनाए ।

४० बलको सामना गरेका उनले ६ चौका र ३ छ्क्कासहित उक्त रन बनाए । त्यसपछि सिभव दुबे मैदानमा आए तर उनले निराशाजनक प्रदर्शन गर्ने क्रममा सस्तैमा ३ रनमा आउट हुन पुग्दा श्रेयस अय्यर पनि १७ रन बनाएर पभेलियन फर्किए ।

यस्तै कप्तान विराट कोहलीले पनि ३८ रनको योगदान गरेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका हामिश बेनेटले ३ तथा कॉलिन डी र मिशेल सेंटनरले समान १/१ विकेट हात पारे ।

अब सिरिजको चौथो खेल शुक्रबार हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *