भारतले दियो न्युजिल्याण्डलाई ठूलो चुनौती

भारतले दियो न्युजिल्याण्डलाई ठूलो चुनौती

एजेन्सी – घरेलु टोली न्युजिल्याण्ड र भारतबीचको पाँच खेलको टि – ट्वान्टी सिरिज अन्तर्गत अहिले तेस्रो खेल जारी रहेको छ ।

हैमिल्टनस्थित सेडॉन पार्कमा जारी खेलमा पाहुना टोली भारतले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको छ ।

निकै राम्रो सुरुवात गरेको भारतका लागि ओपनरद्रय रोहित शर्मा र लोकेश राहुलको जोडीले टिमलाई ठोस सुरुवात दिलाउँने क्रममा ८९ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.६ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका लोकेशले कोलिन डीको बलमा मुनरोको हातबाट क्याच आउट हुनुअघि टिमका लागि १९ बलको सामना गर्दै २ चौका र १ छ्क्कासहित २७ रन बनाएका थिए ।

लोकेश आउट भएपछि रोहित स्वयम आफै दोस्रो विकेटका रुपमा आउट हुन पुगे । हामिश बेनेटको बलमा क्याच आउट हुन पुगेका रोहितले टिमका लागि भने राम्रो योगदान पुर्याउने क्रममा ६५ रन बनाए ।

४० बलको सामना गरेका उनले ६ चौका र ३ छ्क्कासहित उक्त रन बनाए । त्यसपछि सिभव दुबे मैदानमा आए तर उनले निराशाजनक प्रदर्शन गर्ने क्रममा सस्तैमा ३ रनमा आउट हुन पुग्दा श्रेयस अय्यर पनि १७ रन बनाएर पभेलियन फर्किए ।

यस्तै कप्तान विराट कोहलीले पनि ३८ रनको योगदान गरेका थिए ।

बलिङतर्फ न्युजिल्याण्डका हामिश बेनेटले ३ तथा कॉलिन डी र मिशेल सेंटनरले समान १/१ विकेट हात पारे ।

यसअघि सिरिजमा लगातार दुई जित हासिल गरेको भारतले यदि यो खेल आफ्नो पक्षमा पार्न सफल भएको खण्डमा २ खेल अगाडीनै भारतले सिरिज आफ्नो नाममा लेखाउन सफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *