onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शाहजादको आगमनले ब्याटिङमा नयाँ आयम दिने चितवनको विश्वास

काठमाडौं (अनलाइन खेलखबर ) यहि चैत्र १ गते देखि १५ गतेसम्म हुन गईरहेको चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा अफगानिस्तानका ओपनर तथा विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजाद चितवन टाईगर्सबाट खेल्ने भएपछी उनको आगमनले ब्याटिङमा नयाँ आयम दिने बताएको छ ।

बुधबार अनुबन्धित गरिएको जानकारीसहितको प्रेस विज्ञप्तिमा यो कुरालाई चितवनले उल्लेख गरिएको छ ।

हाम्रो लामो समयको प्रयास र शाहजाद पनि आफै आएर खेल्न ईक्छुक भएपछी हामी सहमतिमा पुगेका हौं र उनको आगमनले टिमका खेलाडीहरुलाई समेत राम्रो अनुभव दिने विश्वास चितवनले लिएको छ ।

अफगानिस्तानलाई डिभिजन ५ देखि टेस्ट मान्यता राष्ट्रसम्म पुर्याउनमा शाहजादको ठूलो योगदान रहेको छ ।

अन्तराष्ट्रिय क्रिकेटमा अफगानिस्तानका रुचाईएको खेलाडीहरु मध्यमा पर्ने उनी नेपालीका लागि नयाँ नाम भने होईन कयौं पटक नेपाली टिमसँग उनले खेलेका छ्न ।

सन् २०१४ मा बंगलादेशमा भएको टि – ट्वान्टी विश्वकप दौरान शाहजादको त्यो पारी अझै नेपाली समर्थकसामु ताजै छ ।

त्यसबेला उनी निकै राम्रो लयमा थिए तर नेपालको खेलमा भने उनी मात्र ६ रनमा आउट हुन पुगेका थिए । उनलाई जितेन्द्र मुखियाले सोमपालको हातबाट क्याच आउट गराएका थिए । जुन खेल नेपालले जितेको समेत थियो ।

शाहजादले अफगानिस्तानबाट २ टेष्ट , ८४ एकदिवसीय र ६५ टि-ट्वान्टी खेल खेलेका छन ।

उनले एकदिवसीयतर्फ २७२७ रन बनाएका छ्न । जसमा ६ शतक र १४ अर्धशतक सामेल रहेको छ ।

भने टि – ट्वान्टी अन्तर्राष्ट्रियतर्फ १९३६ रन बनाउँदा १ शतक र १२ अर्धशतक सामेल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्