अफगानिस्तानका चर्चित खेलाडी शाहजाद चितवनमा अनुबन्धित
काठमाडौं ( अनलाइन खेलखबर ) । अफगानिस्तानका चर्चित ओपनर तथा विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजाद नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा खेल्ने भएका छन् ।
उनलाई ईपीएलमा चितवन टाईगर्सले अनुबन्ध गरेको छ ।
चितवनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मोहम्मद शाहजाद यस संस्करणमा आफ्नो टिमबाट खेल्ने जानकारी गराएको थियो ।
मोहम्मद शाहजाद अफगानिस्तानका राम्रा खेलाडीको रुपमा मानिन्छ्न । लामो समय राष्ट्रिय टिममा समेत स्थान बनाएका शहजाद ले अफगानिस्तान क्रिकेटमा राम्रो योगदान पुर्याएका छन ।
अन्तराष्ट्रिय क्रिकेटमा अफगानिस्तानका रुचाईएको खेलाडीहरु मध्यमा पर्ने उनी नेपालीका लागि नयाँ नाम भने होईन कयौं पटक नेपाली टिमसँग उनले खेलेका छ्न ।
सन् २०१४ मा बंगलादेशमा भएको टि – ट्वान्टी विश्वकप दौरान शाहहजादको त्यो पारी अझै नेपाली समर्थकसामु ताजै छ । त्यसबेला उनी निकै राम्रो लयमा थिए तर नेपालको खेलमा भने उनी मात्र ६ रनमा आउट हुन पुगेका थिए । उनलाई जितेन्द्र मुखियाले सोमपालको हातबाट क्याच आउट गराएका थिए । जुन खेल नेपालले जितेको समेत थियो ।
शाहजादले अफगानिस्तानबाट २ टेष्ट , ८४ एकदिवसीय र ६५ टि-ट्वान्टी खेल खेलेका छन ।
विश्व क्रिकेटमा लामो समय बिताएका उनले टिमका लागि पनि ठूलो योगदान पुर्याएका छ्न र उनी आफै पनि अफगानिस्तानका सफल खेलाडी मध्यमा पर्छन् ।
उनले एकदिवसीयतर्फ २७२७ रन बनाएका छ्न । जसमा ६ शतक र १४ अर्धशतक सामेल रहेको छ ।
भने टि – ट्वान्टी अन्तर्राष्ट्रियतर्फ १९३६ रन बनाउँदा १ शतक र १२ अर्धशतक सामेल रहेको छ ।
यस्तै यसपटकको ईपीएलमा विदेशी खेलाडीतर्फबाट श्रीलंकाका पूर्व कप्तान समेत रहेका उपुल थरंगा ललितपुरबाट खेल्दैछ्न ।
भने वेष्ट इण्डिजका ड्वेन स्मिथ पनि अनुबन्धित भएका छ्न उनी भैरहवाबाट खेल्नेछ्न ।
यस्तै यस संस्करणमा दक्षिण अफ़्रिकाका हसिम अमला पनि खेल्ने पक्का पक्की भएको छ तर अझैसम्म कुनै टिमले उनलाई अनुबम्धित गरेका भने छैनन् ।
यी ४ वाहेक अन्य विश्व चर्चित केहि खेलाडी अझै आउने कुरा रहेको छ । जसका लागि आयोजकले प्रकिया र आन्तरिक तयारी भईरहेको जानकारी गराएको छ ।
चौंथो संस्करणको यस ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन हुनेछ ।