onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एसिया कप खेल्न पाकिस्तान नजाने भारतको घोषणा

एजेन्सी । सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने तय भएको टि – ट्वान्टी एसिया कपमा खेल्न भारत पाकिस्तान नजाने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ ‘पाकिस्तान एसिया कप आयोजना गर्न स्वतन्त्र छ । त्यसमा भारतको कुनै आपत्ती पनि छैन।’

फाईल फोटो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) एसिया कप आयोजना गरोस तर हामी भने पाकिस्तान खेल्न जादैनौ त्यस कुरामा हामी स्पष्ट रहेको बीसीसीआईले बताएको छ ।

त्यसअघि शनिबार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यदि भारत एसिया कप खेल्न पाकिस्तान आउँदैन भने पाकिस्तान पनि सन् २०२१ मा भारतमा हुने टि – ट्वान्टी विश्वकप खेल्न भारत नजाने बताएको थियो ।

त्यसपछि बीसीसीआईले बुधबार आफ्नो धारणालाई यसरी प्रकट गरेको हो ।

बीसीसीआईका अनुसार हामीलाई तटस्थ मैदान चाहिएको छ । एसिया कप जस्तो प्रतियोगितामा भाग लिन भारत पाकिस्तान जाने सम्भावनानै छैन ।

तर भारतको बिना एसियन क्रिकेट काउन्सिल ( एसीसी) एसिया कप गर्न तयार छ भने यसमा भारतको केही भन्नू छैन ।

यसअघि सन् २०१८ मा भारतले एसिया कपलाई युएईमा आयोजना गरेको थियो ।कारण यस्तै यस्तै रहेको थियो जसको बदला अहिले भारतले पनि उठाउँदै छ ।

केही वर्षदेखि सुरक्षाका कारण पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट हुन बन्द भएको थियो ।

तर पछिल्ला केही समय देखि पाकिस्तानले अन्तर्राष्ट्रिय टिमलाई आमन्त्रण गरेर सिरिज गरिरहेको छ ।

जसको पछिल्लो उदाहरण बंगलादेश पाकिस्तान भ्रमणमा रहेको छ ।

भारत र पाकिस्तानबीचको राजनीतिक तनाब क्रिकेटमा पनि जोडिदै आएको छ । बेला बखत यि यस्ता कुराहरु यी दुईबीच हुँदै आउने गर्छ ।

यो नयाँ विषय भने होईन तर यो स्तरको प्रतियोगितामा सहभागी हुँदैन भन्ने कुराले क्रिकेट प्रती विश्व समुदायमा कस्तो सन्देश जाला भन्ने विषय ठूलो हुन आउँछ ।

सन् २००८ देखि भारत पाकिस्तानमा खेल्न गएको छैन भने पाकिस्तान पनि सन् २०१२ पछि भारत पुगेको छैन ।

सदैभ भारतले बनाउँदै आएको बाहना भनेको सुरक्षानै रहेको थियो । जून एक किसिमले हेर्दा केही वर्षअघि यथार्थ पनि रहेको थियो ।

पाकिस्तानमा अशान्ती रहेको थियो तर अहिले पाकिस्तान सामान्य स्थितीमा फर्किदै छ ।अन्तर्राष्ट्रिय क्रिकेट पाकिस्तानमा फर्किदै छ ।

यस्तोमा क्रिकेटलाई आफ्नो राजनितिक तनावसँग जोड्नु त्यति उचित नहुने क्रिकेटविज्ञहरुको धारणा समेत रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *