
भारतलाई सुनौलो अवसर
एजेन्सी – घरेलु टोली न्युजिल्याण्ड र भारतबीचको तेस्रो टि – ट्वान्टी खेल आज हुँदैछ ।
नेपाली समय अनुसार पौने १ बजेपछी सेडॉन पार्क हैमिल्टनमा हुने खेलमा पाहुना टोली भारत जारी ५ खेलको टि – ट्वान्टी सिरिजमा लगातार तेस्रो जित निकाल्दै २ खेल अगावै सिरिज आफ्नो नाममा लेखाउँने दाउमा रहने छ ।
यसअघि शुक्रबार भएको सिरिजको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई सानदार तरिकाले पराजित गर्न सफल भएको थियो ।
सुरुमा ब्याटिङ गर्दै न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ४ रनको विजयी चुनौतीलाई भारतले १९ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त चुनौतीलाई पूरा गरेको थियो ।
न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्ने क्रममा भारतका श्रेयस अय्यरले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा अविजित रहदै ५८ रन बनाएका थिए ।
खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनले अर्धशतकीय पारी खेल्ने क्रममा २९ बलमा ५ चौका र ३ छ्क्का समेत प्रहार गरेका थिए ।
यस्तै टिमलाई सिरिजमा विजयी सुरुवात दिलाउँने क्रममा कप्तान विराट कोहलीले ४५ तथा लोकेश राहुलले ५६ रनको योगदान गरेका थिए ।
त्यसपछि आईतबार अकल्याण्डस्थित ईडेन पार्कमा भएको सिरिजको दोस्रो खेलमा भारतले घरेलु टोली न्युजिल्याण्डलाई ७ विकेटले निराश बनाएको थियो ।
खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३३ रनको सम्मानजनक स्कोरलाई भारतले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
यसअर्थमा सुरुवाती २ खेलमा सानदार नतिजा निकालेको भारत आज पनि भारत उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । र यो नतिजा र अवस्थाले गर्दा टिमलाई तेस्रो खेल पनि आफ्नो पक्षमा पार्ने सुनौलो असवर पनि रहेको छ ।
अब न्युजिल्याण्ड भ्रमण दौरान भारतले टि – ट्वान्टी सिरिज पछि ३ खेलको एकदिवसीय र २ टेस्ट खेल खेल्ने कार्यक्रम रहेको छ ।