onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईपीएल अघि च्यारिटी खेल हुने

एजेन्सी। विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) को १३ औं संस्करणको पूर्वसन्धामा च्यारिटी खेल हुने भएको छ ।

विश्व क्रिकेटमा देशका ठूला लिगहरुमा एक कुनै राम्रो कामका लागि सहयोगार्थ च्यारिटी खेल हुने प्रचलन सुरु हुँदै गर्दा विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता आईपीएलको ठिक अघि च्यारिटी खेल हुने भएको हो ।

च्यारिटी खेलमा अन्तर्राष्ट्रिय खेलाडीहरु खेल्नेछ्न । अहिलेसम्म कहाँ कहिले गरिने भनेर बीसीसीआईले जानकारी गराएको भने छैन् ।

यता यस संस्करणको आईपीएल मार्च २९ बाट सुरु हुने भएको छ । भने फाइनल खेल मे २४ मा हुने तय भएको छ ।

प्रतियोगिताको उद्घाटन र फाइनल खेल मुम्बईमा हुने पनि पक्का भएको छ । यसअघि अहमदाबादमा फाइनल हुने खबर रहको थियो ।

यस्तै आईपीएलका लागि बसेको विशेष बैठक पछि बीसीसीआई अध्यक्ष सौरव गांगुलीले यसपटक पनि पहिलेकै समयमा खेलहरु हुने बताएका छन् ।

यस्तै दिनमा यसपटक मात्र ५ वटामात्र खेल हुने र बाकी सबै खेल नेपाली समय अनुसार राती सवा ८ बजेपछी हुने पक्का भएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *