‘नेपालको सुन्दरता अनुभुत गर्न आतुर छु’ – उपुल थरंगा
काठमाडौं (अनलाइन खेलखबर ) । नेपालको सुन्दरता अनुभुत गर्न आफू आतुर रहेको श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले बताएका छन् ।
मंगलबार आफ्नो सामाजिक सन्जाल फेसबुकबाट उनले यस्तो आशय ब्यक्त गरेका हुन् ।
उनि चैत्र १ गते देखि १५ गतेसम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन गईरहेको चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न नेपाल आउँदै छन् ।
उपुल ईपीएलमा साविकको विजेता समेत रहेको ललितपुर प्याट्रियट्समा अनुबन्धित भईसकेका छन् । उनलाई टिमले सोमबार अनुबन्ध गरेको थियो ।
अनुबन्ध भएको भोलिपल्ट मंगलबार उनले नेपालका लागि आफ्नो सन्देश सामाजिक संजालमार्फत प्रस्तुत गरेका हुन् ।
उनले उक्त पोस्टमा यस संस्करणको ईपीएलमा ललितपुरको सदस्य हुन पाएकोमा आफुलाई सम्मानित महसुश भएको उल्लेख गरेका छन् ।
क्रिकेटको बढ्दो विकाश भइरहेको देश नेपालमा खेल्न पाउँदा आफूलाई खुशी लागेको र आगामी वर्षमा पनि सामिल हुन चाहने आशय उक्त पोस्टमा रहेको छ ।
यस्तै उक्त पोस्टमा उनले नेपालको मनोरम सुन्दरलाई अनुभुत गर्न लालाहित भएको उल्लेख गरेका छ्न ।
र अन्तिममा उनले आफ्नो अनुभव ज्ञानलाई युवा खेलाडीमाझ साट्नका लागि आफू तयार रहेको समेत बताएका छन् ।
उपुल थरंगा श्रीलंकाका राम्रा खेलाडीको रुपमा मानिन्छ्न । उमेर समूह हुँदै लामो समय राष्ट्रिय टिममा समेत स्थान बनाएका र टिमलाई पनि नेतृत्व समेत गरेका थरंगाको श्रीलंका क्रिकेटमा अमुल्य योगदान रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेटमा श्रीलंकाका रुचाईएको खेलाडीहरु मध्यमा उनी पनि पर्छ्न । नेपालमा पनि उनलाई पछ्याउँने समर्थकहरु रहेका छ्न ।
सन् २०१९ मार्चमा विश्व क्रिकेटबाट सन्यास लिएका थरंगालेले श्रीलंकाबाट ३१ टेष्ट , २ सय ३५ एकदिवसीय र २६ टि-ट्वान्टी खेल खेलेका छन ।
उनले एकदिवसीयमा ६९५१ रन बन बनाएका छ्न जसमा १५ शतक र ३७ अर्धशतक सामेल रहेको छ । भने टि – ट्वान्टीमा उनले ४०७ रन बनाएका छ्न ।
यस्तै थरंगा सँगै यो संस्करणको ईपीएलमा वेष्ट इण्डिजका ड्वेन स्मिथ पनि अनुबन्धित भएका छ्न उनी भैरहवाबाट खेल्नेछ्न ।
यस्तै यस संस्करणमा दक्षिण अफ़्रिकाका हसिम अमला पनि खेल्ने पक्का पक्की भएको छ तर अझैसम्म कुनै टिमले उनलाई अनुबम्धित गरेका भने छैनन् ।
यी तीन वाहेक अन्य विश्व चर्चित केहि खेलाडी अझै आउने कुरा रहेको छ । जसका लागि आयोजकले प्रकिया र आन्तरिक तयारी भईरहेको जानकारी गराएको छ ।