मेलबर्नले सन्दीपको विदाईमा लेख्यो – ‘फाइनलमा मिस गर्नेछौं’
एजेन्सी । अष्ट्रेलियाको उच्च लिग बिग ब्यास खेलेर स्वदेश फर्किएका सन्दीप लामिछानेलाई फाइनलमा सम्झिने उनको टिम मेलबर्न स्टार्सले उल्लेख गरेको छ ।
आफ्नो आधिकारिक सामाजिक सन्जालमार्फत विदाई सब्दहरुमा उनलाई टिमले फाइनलमा याद गर्ने बताएको छ ।
यस्तै उक्त विदाई सन्देशमा एउटा राम्रो सिजनका लागि सन्दीपलाई धन्यवाद दिदै नेपालका लागि सुभकामना समेत ब्यक्त गरेको छ ।
बिग ब्यासमा मेलबर्न स्टार्स फाइनल नजिक रहेको छ । यहि शुक्रबार सिड्नी सिक्सर्ससँग हुने क्वालिफायर खेल जितेमा मेलबर्न प्रतियोगिताको फाइनल पुग्नेछ ।
ईतिहास रच्ने दाउमा रहेको मेलबर्नको अन्तिमका महत्वपूर्ण खेलमा भने सन्दीप हुन सकेनन् ।
घरेलु भूमिमा हुन गईरहेको ओमान , अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज खेल्न सन्दीप स्वदेश फर्किनु पर्यो ।
सिरिज यहि माघ २२ देखि २९ सम्म किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
यस पटकको संस्करणमा टिमले उनलाई निकै विश्वास गरेको थियो । र सन्दीपले पनि टिमको विश्वासलाई न्याय गर्न सफल भएका थिए ।
जसको फलस्वरुप उनले लिग चरणमा १४ खेल मध्य १३ खेलमा खेल्न मौका पाए जसमा उनले १५ विकेट पनि लिन सफल भएका थिए ।