न्युजिल्याण्डद्वारा भारतसामू सम्मानजनक लक्ष्य प्रस्तुत
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले ५ खेलको टि – ट्वान्टी सिरिजको दोस्रो खेलमा पाहुना टोली भारतलाई १ सय ३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
अकल्याण्डस्थित ईडेन पार्कमा अहिले जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ३२ रन बनाउन सफल भयो ।
खेलमा राम्रो सुरुवात गरेको भएपनी आशा गरेका खेलाडी र पछिल्लो क्रमका खेलाडीबाट सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम मध्यम स्कोरकै रोकिएको छ ।
५.६ ओभरमा टिमको स्कोर ४८ रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्याण्डले थप ३३ रन थप्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो ।
पहिलो विकेटका रुपमा पभेलियन फर्किएका मार्टिन गुप्टिलले ३३ रनको योगदान गरेका थिए ।
सार्दुल ठाकुरको बलमा कप्तान विराट कोहलीको हातबाट क्याच आउट हुन पुगेका गुप्टिलले २० बलको सामना गर्दै ४ चौका र २ छ्क्कासहित उक्त रन बनाएका थिए ।
गुप्टिल आउट भएपछी अर्का ओपनर कोलिन मुनरो पनि आउट हुन पुगे । सिभव दुबेको बलमा विराटको हातमा क्याच आउट हुन पुगेका मुनरोले २६ रन बनाए ।
त्यसपछि न्युजिल्याण्डले सस्तैमा दुई विकेट गुमायो । जसमा कप्तान केन विलियमसन १३ रन र कोलिन डि ग्रान्डहोम ३ रनमा आउट हुन पुगेका थिए ।
सुरुवाती चार भरपर्दा ब्याट्सम्यानलाई गुमाईसकेपछि न्युजिल्याण्डका लागि रोस टेलर र टिम सेफर्टले पारीलाई सम्हालेका थिए ।
यी दुईबीच पाँचौ विकेटका लागि ४४ रनको साझेदारी हुन पुगेको थियो । २४ बलको सामना गरेका रोसले १८ रन बनाए ।
भने टिम सेफर्टले अविजित रह्दै ३३ रनको योगदान गरेपछि टिमले भारतसामु सम्मानजनक चुनौती प्रस्तुत गर्न सफल भएको छ ।
बलिङतर्फ भारतका रविन्द्र जडेजाले २ तथा सार्दुल ठाकुर र शिभम दुबे र जसप्रित बुमराहले समान १/१ विकेट लिएका थिए ।