सन्दीपआबद्ध मेलबर्न क्वालिफायरमा
एजेन्सी – अष्ट्रेलियाको उच्च लिग बिग ब्यास अन्तर्गत नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्द मेलबर्न स्टार्स लिगको अर्को चरणमा क्वालिफायर भएको छ ।
शनिबार भएको आफ्नो लिगको अन्तिम खेलमा ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएको भएपनि अंकतालिकामा पहिलो स्थानमा रहदै मेलबर्न क्वालिफायर भएको हो ।
लिगमा मेलबर्नले १० खेलमा जित हासिल गर्दै २० अंक जोडेको थियो जुन अंक मेलबर्नलाई क्वालिफायर पुग्न पर्याप्त बन्यो ।
यता क्वालिफायर भएको मेलबर्नको लिग चरणको अन्तिम खेल भने शुखद रहेन ।
लिग चरणको अन्तिम खेलमा ब्रिसबेनले दिएको १ सय ८७ रनको विजयी चुनौतीलाई पछ्याएको मेलबर्न १७.४ ओभरमा अलआउट हुँदै १ सय १५ रनमा समेटिएको थियो ।
मेलबर्नका लागि पिटर ह्यान्ड्सकम्पले २७ रन जोड्दा निक लार्किनले २२ रन बनाए भने मार्कस स्टोइनिसले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले निकै निराशाजनक प्रदर्शन गरेपछि टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ ब्रिसबेनका मिचेल स्विपसनले ३ विकेट लिए । जेम्स पाटीनसन र मुजिब उर रहमानले २/२ विकेट लिए ।भने बेन लाफलिन र जेक प्रेस्टिजले पनि १/१ विकेट लिएका थिए ।
त्यस अघि मेलबर्नको घरेलु मैदान मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली ब्रिसबेनले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।
ब्रिसबेनका लागि एबी डी भिलियर्सले ७१ रनको अर्धशतकीय पारी खेले ३७ बलको सामना गरेका उनले २ चौका र ६ छक्कासहित उक्त रन बनाउन सफल भएका थिए।
यस्तै कप्तान कप्तान क्रिस लिनले ३४ रन तथा बेन कटिंगले २२ रन र मार्नस लाबुसेनले अविजित रहदै २४ रन बनाएका थिए ।
बलिङतर्फ मेलबर्नका लागि एडम जाम्पाले ३ विकेट लिए भने बेन दिलबर हुसैन र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।
आफ्नो स्पेलको ४ ओभर पूरा बलिङ गरेका सन्दीपले किफायती बलिङ गर्दै मात्र १६ रन खर्चिएका थिए यो सँगै जारी लिगमा सन्दीपले १५ विकेट लिई सकेका छ्न् ।
अब मेलबर्नले क्वालिफायर खेल शुक्रबार खेल्नेछ ।