onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वेष्ट इण्डिजका ड्वेन स्मिथ नेपालमा खेल्ने पक्का : भैरहवामा अनुबन्ध

काठमाडौं ( अनलाइन खेलखबर ) | वेष्ट इण्डिजका पूर्व क्रिकेटर अलराउण्डर ड्वेन स्मिथ नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा खेल्ने भएका छन् ।

उनी ईपीएल भैरहवा ग्लाडियटरबाट खेल्ने भएका हुन । भैरहवाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिका अनुसार स्मिथ भैरहवाको आईकनिक खेलाडीको रुपमा रहने छन् ।

स्मिथ अन्तराष्ट्रिय क्रिकेटमा रुचाईएको खेलाडी मध्यमा पर्छन । जसका विश्वभर करौडौं समर्थकहरु पनि रहेका छन जसमा
स्मिथलाई पछ्याउँने नेपाली समर्थकहरु बाक्लो सङख्यामा रहेको छ ।

विश्व क्रिकेटबाट सन्यास लिईसकेका स्मिथले वेष्ट इण्डिजबाट १० टेष्ट , १ सय ५ एकदिवसीय र ३३ टि-ट्वान्टी खेल खेलेका छन ।

विश्व क्रिकेटमा छोटो समय राम्रो सफलता हात पारेका स्मिथले टि-ट्वान्टीमा ५८२ रन र एकदिवसीयमा १५६० रन बनाएका छन ।

यसका साथै उनले विश्वको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग ( आईपीएल ) मा पनि आफ्नो अलराउन्डर प्रदर्शन गरिसकेका छन् । उनले आईपीएलमा चेन्नई सुपर किग्स , मुम्बई ईन्डियन लगायतबाट खेलेका थिए।

यस्तै स्मिथसँगै यस संस्करणमा दक्षिण अफ़्रिकाका हसिम अमला पनि खेल्ने पक्का पक्की भएको छ तर अझैसम्म कुनै टिमले उनलाई अनुबम्धित गरेका भने छैनन् ।

यी दुईवाहेक अन्य विश्व चर्चित केहि खेलाडी अझै आउने कुरा रहेको छ । जसका लागि आयोजकले प्रकिया र आन्तरिक तयारी भईरहेको जानकारी गराएको छ ।

चौंथो संस्करणको यस ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्