onlinekhelkhabar.com

Complete website for Nepali Sports News

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं (अनलाइन खेलखबर ) | घरेलु भूमिमा यहि माघ २२ देखि २९ गतेसम्म हुन गईरहेको विश्वकप लिग – २ अन्तर्गत ओमान , अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ ( क्यान ) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

टोलीमा दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करन केसी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर र ललित राजबंशी रहेका छन ।

यस्तै वैकल्पिक खेलाडीका रुपमा पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशाेर महतो रहेका छ्न ।

नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ । भने दोस्रो खेलमा माघ २५ मा अमेरिकाको साममा गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्नेछ ।

यता नेपाल भ्रमणमा आउँन लागेका ओमान र अमेरिकाले पनि आफ्नो टोली घोषणा गरिसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस्