विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाल सिधा छ्नोट
काठमाडौं ( अनलाइन खेलखबर ) । सन् २०२१ मा भारतमा हुन गईरहेको टि – ट्वान्टी विश्वकपको छ्नोट प्रक्रियामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले ठूलो परिवर्तन गरेको छ ।
क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहिबार जारी गरेको छ्नोट प्रक्रियाको रोड म्याप अनुसार नेपाल सिदैं ग्लोबल क्वालिफायरका लागि चुनिएको छ ।
आईसीसीले हालै सार्वजनिक गरेको टि – ट्वान्टी वरियताका आधारमा नेपालले सिधा ग्लोवल छ्नोटका लागि मौका पाएको हो ।
नेपाल अहिले वरियतामा १२ औं स्थानमा रहेको छ । यहि वरियताले नेपाललाई सिधा ग्लोबल छ्नोट पुर्याएको छ । नेपालसँगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
अब ग्लोबल क्वालिफायरमा सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपका अन्तिमका ४ टिमहरु ,क्षेत्रिय छनोट हुँदै आउने टोली गरी कुल १६ टोलीले प्रतिष्पर्दा गर्नछन् ।
यी १६ टिमलाई २ समूहमा विभाजन गरि प्रतियोगिता सन्चालन गरिने छ । र समूहका उत्कृष्ट २/२ टिम विश्वकपमा छ्नोट हुनेछ्न ।
यता अष्ट्रेलिया विश्वकपका उत्कृष्ट १२ टिमले भने भारत विश्वकपमा स्थान पक्का गर्नेछ्न ।