मेलबर्नको लगातार दोस्रो हार
एजेन्सी – अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले तेस्रो हार ब्यहोरेको छ ।
बुधबार भएको खेलमा पराजित हुने क्रममा मेलबर्न एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित हुन पुग्यो ।
खेलमा एडिलेड स्ट्राइकर्सले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मेलबर्नले २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ५१ रनमा सिमित हुन पुगेपछी टिमले लगातार दोस्रोपल्ट हार ब्यहोरेको छ ।
यसअघि मेलबर्न अघिल्लो खेलमा सिड्नी सिक्सर्ससँग २१ रनले पराजित हुन पुगेको थियो ।
मेलबर्नका टिमका कप्तान पीटर हैंड्सकॉम्बले सर्वाधिक ६५ रन तथा ग्लेन म्यासवेल रनिक लार्किनले समान १९/१९ रन बनाउँनु बाहेक अन्य खेलाडीले उल्लेख योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ एडिलेड स्ट्राइकर्सका पीटर सिडलले ४ तथा वेस आगरले २ विकेट लिदा माइकल नेसर र रासिद खानले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि एडिलेड स्ट्राइकर्सको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेड स्ट्राइकर्सले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
उसका लागि जोनाथन वेल्सले सर्वाधिक ठूलो पारी खेले । अर्धशतक बनाएका उनले अविजित रहदै ३६ बलमा ४ चौका र २ छ्क्काको सहयोगमा ५५ रन बनाएका थिए ।
यस्तै टिमका लागि एलेक्स क्यारीले ३३ तथा फिलिप स्लार्ट २२ र मैथ्यू सटले २३ रनको योगदान गरेका थिए ।
बलिङतर्फ मेलबर्नका क्लिंट हिंचलिफ़ले ३ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । यता सन्दीपले भने कुनै विकेट हात पार्न सकेनन । ३ ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चिएका थिए ।
जारी लिगमा भने उनले अहिलेसम्म १४ विकेट लिईसकेका छ्न ।
पराजित मेलबर्न अहिले पनि अंकतालिकाको पहिलो स्थानमा भने सुरक्षीत रहेको छ । १३ खेल खेलेको मेलबर्न १० खेलमा जित हासिल गर्दै २० अंकका साथ पहिलो स्थानमा रहेको छ ।
मेलबर्नमाथि जित हासिल गरेको एडिलेड स्ट्राइकर्स १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।