onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

त्रिकोणात्मक सिरिजका लागि ओमान टिमको घोषणा

एजेन्सी – सन २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छ्नोट प्रक्रिया अन्तर्गतको विश्वकप लिग २ का अन्तर्गत नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक सिरिजका लागि ओमानले आफ्नो टिमको घोषणा गरेको छ ।

नेपालमा यही माघ २२ देखि २९ सम्म हुने नेपाल , ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमानले आफ्नो टोलीको घोषणा गरेको हो ।

१४ सदस्यीय टोलीमा जिसान मक्सुदले टिमको नेतृत्व गर्नेछ्न । यस्तै टिममा अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बादल सिंह, अहमेद फैज बुट, कलिमुल्ला र बिलाल खान रहेका छन ।

सिरिज अन्तर्गत ओमानले माघ २२ मा घरेलु टोली नेपालसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यसअघि अमेरिकाले पनि आफ्नो टिमको घोषणा गरिसकेको छ ।

यता घरेलु टोली नेपालले पनि आफ्नो तयारीलाई तिब्र गतिमा गरिरहेको छ । पोखरामा अन्तिम तयारी गरिरहेको नेपाली टोलीको अभ्यासलाई मलेसियन टोलीले साथ दिईरहेको छ ।

अहिले नेपालले आफ्नो २४ सदस्यीय प्रारम्भिक टोली मात्र घोषणा गरेको छ । अबको यहि अभ्यास र बन्द प्रशिक्षणको प्रदर्शनलाई ध्यानमा राखेर नेपालले अबको केही दिनपछि अन्तिम टोलीको घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्