पृथ्वी शा पहिलो पटक भारतिय एकदिवसीय टोलीमा पर्न सफल
एजेन्सी – भारतीय युवा क्रिकेटर पृथ्वी शा पहिलो पटक भारतिय एकदिवसिय टोलीमा स्थान बनाउन सफल भएका छ्न ।
आगामी न्युजील्याण्ड भ्रमणमा जान लागेको भारतिय टोलीमा उनी समाबेश हुन सफल भएका हुन ।
नियमित ओपनर ब्याट्सम्यान शिखर धवन चोटिल हुन पुगेपछी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई मौका दिएको हो ।
भारत भ्रमणमा आएको अष्ट्रेलिया टोलीसँगको अन्तिम तथा निर्णायक खेलमा शिखर चोटिल हुन पुगेका थिए ।
अष्ट्रेलियाका आरोन फिन्चले सट कभरमा प्रहार गरेको बललाई रोक्ने क्रममा उनको बायाँ काधमा चोट पुग्न पुगेको थियो ।
उनलाई त्यसपछि तत्कालै अस्पताल लगिएको थियो र त्यसपछि उनी ब्याटिङ गर्न पनि आएका थिएनन उनको स्थानमा लोकेश राहुलले ब्याटिङ गरेका थिए ।
पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका धवनको अनुपस्थितिले टिमका लागि ठूलो धक्का पुगेपनी भारतिय क्रिकेट बोर्डले युवालाई मौका दिएको छ ।
भारतले न्युजिल्याण्ड भ्रमणका दौरान ५ खेलको टि – ट्वान्टी सिरिज , ३ खेलको एकदिवसीय सिरिज र २ टेस्ट खेल खेल्नेछ ।
जसको सुरुवात पहिलो टि – ट्वान्टी खेल यहि शुक्रबारबाट हुँदैछ् ।
यता टि – ट्वान्टीमा भने शिखरको ठाउँमा सन्जु सैमसनलाई स्थान दिईएको छ ।
टि – ट्वान्टीका लागि भारतिय टोली : विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे , ऋषभ पन्त (विकेटकीपर) शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रबिन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी , नवदीप सैनी, शार्दुल ठाकुर, वॉशिंगटन सुन्दर र सन्जु सैमसन
एकदिवसीयका लागि भारतीय टोली : विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे , ऋषभ पंत (विकेटकीपर) शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामि , नवदीप सैनी, शार्दुल ठाकुर, केदार जाधव र पृथ्वी शा