onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टि – ट्वान्टी एसिया कप खेल्ने नेपाललाई सुनौलो असवर : पहिलो छ्नोट प्रतियोगिता फागुनमा हुँदै

काठमाडौं (अनलाइन खेलखवर ) | माघ २२ देखि २९ मा नेपालमा हुन गईरहेको विश्वकप लिग -२ अन्तर्गत ओमान , नेपाल र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज खेलेपछी नेपालको यात्रा थाईल्याण्ड रहेको छ ।

थाईल्याण्डमा नेपालले पूर्वी क्षेत्रिय टि – ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नेछ । जुन प्रतियोगिता फागुन १५ देखि २३ गतेसम्म हुनेछ ।

जसमा आयोजक थाईल्याण्ड सहित नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् ।

यस्तै पश्चिम क्षेत्रियमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् । यो क्षेत्रको छ्नोट भने फागुन ९ देखि १६ सम्म ओमानमा हुनेछ ।

यसपछि यी दुई रिजनको छ्नोटमा उत्कृष्ट २/२ टोली मलेसियामा हुने अन्तिम छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र यस अन्तिम छ्नोटको विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप खेल्ने छ । छ्नोट हुने टिमले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्ने सुनौलो अवसर प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्