नेपाल र ओमानसँग खेल्ने अमेरिकन  टोलीको घोषणा : भारतमा अन्तिम तयारी पछि नेपाल आउँने

नेपाल र ओमानसँग खेल्ने अमेरिकन टोलीको घोषणा : भारतमा अन्तिम तयारी पछि नेपाल आउँने

एजेन्सी – सन २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छ्नोट प्रक्रिया अन्तर्गतको विश्वकप लिग २ का लागि अमेरिकाले आफ्नो टिमको घोषणा गरेको छ ।

नेपालमा यही माघ २२ देखि २९ सम्म हुने नेपाल , ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाले आफ्नो टोलीको घोषणा गरेको हो ।

१४ सदस्यीय टोलीमा शौरभ नेत्रभाल्करले टिम को नेतृत्व गर्नेछ्न । यस्तै टिममा स्टेभिन टेलर, करिमा गोरे, इयान हल्यान्ड, अक्षय होमराज, इल्मोर हचिन्सन, आरोन जोन्स, नोस्थुन्स केन्जेगे, जेभियर मार्सल, मोनाक पटेल, नसार्ग पटेल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन र रस्टी थोरोन रहेका छ्न ।

अमेरिकी टोली नेपाल आउँनु अघि आफ्नो अन्तिम तयारी भारतमा गर्नेछ । करिव एक साता भारतमा रहेर अभ्यास गरेपछी टोली नेपाल आउँने छ ।

अमेरिकाले सिरिज अन्तर्गत पहिलो खेल ओमानसँग माघ २३ गते खेल्नेछ भने दोस्रो खेलमा माघ २५ मा घरेलु टोली नेपालसँग खेल्नेछ ।

यस्तै तेस्रो खेलमा माघ २८ मा ओमान र अन्तिम खेलमा नेपालसँग माघ २९ मा खेल्नेछ ।

यता घरेलु टोली नेपालले पनि आफ्नो तयारीलाई तिब्र गतिमा गरिरहेको छ । पोखरामा अन्तिम तयारी गरिरहेको नेपाली टोलीको अभ्यासलाई मलेसियन टोलीले साथ दिईरहेको छ ।

अहिले नेपालले आफ्नो २४ सदस्यीय प्रारम्भिक टोली मात्र घोषणा गरेको छ । अबको यहि अभ्यास र बन्द प्रशिक्षणको प्रदर्शनलाई ध्यानमा राखेर नेपालले अबको केही दिनपछि अन्तिम टोलीको घोषणा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *