गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न महायज्ञ लगाइदै : ठूलो रकम उठने अपेक्षा
काठमाडौं (अनलाइन खेलखबर)- धुर्मुस सुन्तली फाउन्डेसनले चितवन जिल्ला स्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ महायज्ञ सन्चालन गरिने भएको छ ।
जुन माघ १९ गतेदेखि २६ गतेसम्म आयोजना हुँदैछ । जसबाट रु ५० करोड भन्दा बढी रकम उठन सक्ने अनुमान गरिएको छ ।
बृहत धनधान्याञ्चल महोत्सवका लागि अहिले रंगशाला निर्णाणस्थल चितवन जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता भईरहेको छ ।
जसलाई सफल पुर्याउन र यस राम्रो कामका लागि सहयोग गर्न सबैले आग्रह समेत गरेका छ्न ।
महायज्ञलाई सफल तरिकाले सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति समेत गठन गरिएको छ ।
महायज्ञका मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहेका छ्न ।
यता जनस्तरबाट बन्न लागेको नेपालको पहिलो रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ ।
जसका लागि मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।
अहिले रंगशाला भित्र नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा अहिले मैत्रीपूर्ण खेल हुँदै आएको छ । रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ ।
रंगशालामा अहिले देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन समेत गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ ।
यता रंगशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि केही सहयोग पुग्ने आशासहित यो महायज्ञ गर्न लागिएको हो ।