onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दीप पाँचौ स्थानमा

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च लिग जारी बिग ब्यासमा सर्वाधिक धेरै विकेट लिने खेलाडीको सूचीमा हाल पाँचौ स्थानमा उक्लिएका छ्न ।

मेलबर्न स्टार्ससँग आवद्द सन्दीपले अहिलेसम्म ११ खेल खेल्दै १४ विकेट लिन सफल भएका छ्न ।

निकै राम्रो प्रदर्शन गर्दै आएका सन्दीपले सोमबार सिड्नी सिक्सर्ससँगको खेलमा २ विकेट हात पार्दा उनि पाँचौ स्थानमा फड्को मारेका हुन ।

१४ विकेट लिने क्रममा उनले २९५ रन खर्चिएका छ्न ।

सर्वाधिक धेरै विकेट लिने सूचीमा सन्दीप भन्दा एक स्थान माथि रासिद खान रहेका छ्न । उनले अहिलेसम्म १६ विकेट लिईसकेका छ्न ।

यस्तै हरिस रउफ यस सूचीको तेस्रो स्थानमा रहेका छ्न । सन्दीपकै टिममा रहेका हरिसले पनि १६ विकेट लिएका छ्न ।

यस्तै दोस्रो स्थानमा टोम कुरान १७ विकेट सहित र पहिलो स्थानमा डेनियल सेम्स रहेका छ्न उनले २० विकेट लिएका छ्न ।

यता राम्रो प्रदर्शन गरिरहेका सन्दीपको टिम मेलबर्नले पनि जारी लिगमा राम्रो प्रदर्शन गर्दै आएको छ ।

हालसम्म १२ खेल खेलेको मेलबर्नले १० खेलमा जित हासिल गर्दै २० अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *