आरिफको शतकमा मलेसियन टोलीमाथि नेपाली टोलीको सानदार जित
काठमाडौं ( अनलाइन खेलखबर )- मोहम्मद आरिफ शेखको शतकीय पारीमा नेपाली टोलीले मैत्रिपूर्ण सिरिजमा मलेसिया-११ लाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा पाहुना टोली मलेसिया सेलेक्सन ११ लाई पराजित गर्ने क्रममा नेपालको क्यान प्रेसिडेन्ट ११ ले १ सय ३५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपाली टोलीले दिएको २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको मलेसियन टोली ३७.२ ओभरमा अलआउट हुँदै १ सय ४२ रनमा सिमीत हुन पुगेको थियो ।
उसका लागि शैयद अजीजले २८ रन तथा भिरनदीप सिंहले २४ रनको योगदान गरेका थिए ।
मलेसियन टोलीको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका करण केसी र कमल सिंह ऐरीले समान ३/३ विकेट लिएका थिए भने कुशल मल्लले पनि २ विकेट लिन सफल भएका थिए ।
यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेए पहिले ब्याटिङ गरेको नेपाल ४७ ओभरमा अलआउट हुँदै २ सय ७८ रन बनाएको थियो ।
नेपालका लागि मोहम्मद आरिफ शेखले १०१ रनको अविजित पारी खेले । उनले शतकीय पारी खेल्ने क्रममा १ सय ५ बलमा ७ चौका र ५ छक्का समेत प्रहार गरे ।
यस्तै सन्दीप जोराले ५८ रन बनाएका थिए । चौथो विकेटका लागि दुबैले १५३ रनको साझेदारी गरेपछी नेपाली टोली ठूलो योगफलतर्फ अग्रसर भएको थियो ।
यस्तै टिमका लागि करण केसीले २६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १९ रन थपे । भने पारस खड्काले १५ , कुशल मल्लले १४ रन र सुवास खकुरेलले १२ रन बनाएका थिए ।
अब ३ खेलको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल भोलि(मंगलबार ) हुनेछ ।