मेलबर्नको जितको सिलसिलामा लाग्यो पूर्णविराम : सिड्नी सिक्सर्ससँग पराजित
एजेन्सी – नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्नले अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा जितको सिलसिलामा पूर्णविराम लागेको छ ।
सोमबार लिगमा दोस्रो हार ब्यहोर्ने क्रममा मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग २१ रनले पराजित हुन पुगेको छ ।
खेलमा सिड्नीले दिएको १ सय ४७ रनको विजयी चुनौतीलाई पछ्याएको मेलबर्नले निर्धारित १४ ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय २५ रनमा सिमित भएपछी नतिजा सिड्नी सिक्सर्सले आफ्नो पक्षमा पार्न सफल भयो ।
वर्षाले प्रभावित गरेको खेलमा मेलबर्नका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६२ रनको योगदान गरे ।
भने हिल्टन कार्टराइटले २१ रन तथा निक म्याडिन्सनले १६ रन र कप्तान ग्लेन म्याक्सवेलले १२ रन बनाएका थिए ।
बलिङतर्फ सिड्नीका टम कुरान र बेनले समान २/२ विकेट लिए भने नेथन लियोनले पनि १ विकेट लिए ।
त्यसअघि सिक्सर्सको घरेलु मैदानमा सिड्नी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सर्सले निर्धारित १४ ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । र पछि डिएल मेथडमार्फत १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
वर्षाले प्रभावित गरेपछी खेललाई १४ ओभरमा घटाईएको थियो । जसअन्तर्गत सिड्नी सिक्सर्सले खराब सुरुवात गरेको भएपनी
जेम्स भिन्स र मोइसेस हेनरिक्सले टिमको पारीलाई सम्हालेका थिए ।
यी दुईबीच तेस्रो विकेटका लागि ११४ रनको साझेदारी भएको थियो । १३.२ ओभरमा टिमको स्कोर १४० रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन पुगेका मोइसेस हेनरिक्सले ३१ बलको सामना गर्दै २ चौका र ८ छ्क्काको सहयोगमा ७२ रन बनाए भने जेम्स भिन्सले अविजित रह्दै ४१ रन बनाए ।
त्यसअघि ओपनर ब्याट्सम्यान जोस फिलिप र डेनियल ह्यूजेसलाई भने टिमले सस्तैमा गुमाएको थियो ।
जसमा जोस फिलिपले १० तथा डेनियलले १४ रन जोडेका थिए । दुबैलाई सन्दीपले आउट गराएका थिए ।
३ ओभर बलिङ गरेका सन्दीपले सुरुवात राम्रो गरेको भएपनी तेस्रो ओभरमा भने २४ रन खर्चिएका थिए । त्यसअघि उनले मात्र १४ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिएका थिए ।
योसँगै सन्दीपले जारी लिगमा आफ्नो विकेट सङ्ख्या १४ पुर्याएका छ्न ।
यो हारसँगै मेलबर्न १२ खेलबाट १० खेलमा जितका साथ २० अंकका साथ अंकतालिकाको पहिलो स्थानमा यथावतनै रहेको छ । भमे मेलबर्नमाथि जित हासिल गरेको सिड्नी सिक्सर्स १५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।